default_image

6 years ago

December 26, 2018

युभेन्ट्सले रोनाल्डोलाई विश्राम दिने

95 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सिरी ए अन्तर्गत बुधबार हुने एटलान्टाविरुद्धको खेलमा विश्राम दिने भएको छ । सिजनको सुरुवातमा युभेन्ट्स पुगेका रोनाल्डोले लिगका सबै १७ खेलमा सुरुवात गरेका छन् ।

प्रशिक्षक मासिमिलानो एलेग्रीले रोनाल्डोलाई एटलान्टाविरुद्ध पहिलो रोजाइमा नराखिने प्रष्ट पारेका छन् । रोनाल्डोले लिगका १७ खेलमा ११ गोल गरेका छन् । उनकै प्रदर्शनको आधारमा युभेन्ट्सले लिगको १७ खेलमा १६ जित र १ बराबरीसँगै अपराजित यात्रा कायम राखेको छ । रोनाल्डो लिगको खेलमा युभेन्ट्सको पहिलो रोजाइमा पहिलो पटक नपर्ने भएका छन् ।

‘ रोनाल्डो बुधबारको खेलका लागि बेन्चमा हुनेछन्,’ एलेग्रीले खेलको पूर्व सन्ध्यामा भने, ‘उनी खेलका लागि उपलब्ध छन् । बेन्चमा रहेर मसँगै बसेर खेल हेर्नेछन् । उनले जस्तो प्रदर्शन गरेका छन् हामी सबै खुसी छौं । अब उनलाई केहि विश्राम दिएर यसै लयलाई निरन्तरता दिने सोच छ ।’ रोनाल्डोले लिगमा सम्भव १५ सय ३० मिनेटमध्ये १५ सय २० मिनेट समय मैदानमा बिताएका छन् ।

‘ हाम्रो मुख्य लक्ष्य च्याम्पियन्स लिग हो । हामीले उनलाई मार्चमा मुख्य समय भएकाले त्यसबेला सम्म उच्च प्रदर्शन गर्ने स्थितिमा राख्न चाहन्छौं,’ एलेग्रीले थपे । युभेन्ट्सले दोस्रो स्थानको नेपोलीसँग ८ अंकको फराकिलो अग्रता कायम गरेको छ । युभेले शनिबार साम्पडोरियासँग खेलेपछि इटालियन लिगमा तीन साता जाडो विश्राम हुनेछ ।

युभेन्ट्सले इटालियन सुपर कपको खेलमा मिलानको सामना गर्दै विश्रामपछि खेलमा फर्कनेछ । जनवरी १६ मा हुने खेल साउदी अरेबियामा हुनेछ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.