default_image

6 years ago

December 26, 2018

भारान र ग्रिजमनलाई पछि पार्दै एमबाप्पेलाई उपाधि

92 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८ को विजेता टोली फ्रान्सका युवा फरवार्ड किलियन एमबाप्पेले सन् २०१८ को उत्कृष्ट फ्रान्सेली खेलाडीको उपाधि जितेका छन् । उनले रियल म्याड्रिडका राफेल भारान र एन्टोइन ग्रिजमनलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

एमबाप्पे, ग्रिजमन र भारानले फ्रान्सलाई विश्वकप उपाधि दिलाउँदा महत्त्वपूर्ण योगदान दिएका थिए । २० वर्षीय एमबाप्पेले केहि साताअघि सम्पन्न ब्यालोन डी’ओरमा पनि मतको आधारमा चौथो स्थान हासिल गरेका थिए । उनले उत्कृष्ट युवा खेलाडी घोषित हुँदै कोपा अवार्ड पनि हात पारे ।

क्लबतर्फ एमबाप्पेको लागि सन् २०१८ निकै सुखद रहयो । उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै फ्रान्सेली लिग, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले सबै प्रतियोगितामा गैरे ३४ गोल गरे । पछिल्लो वर्ष चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले सो उपाधि जितेका थिए ।

सन् १९५९ देखि प्रदान गरिँदै आएको यस पुरस्कारलाई प्रतिष्ठित फ्रान्स फुटबल म्यागजिनले आयोजना गर्दै आएको छ । विगतमा फ्रान्समा खेल्दै आएका फ्रान्सेली खेलाडीलाई मात्र मनोनयनमा राखिने गरिएको थियो । अहिले भने अन्य लिगमा खेल्ने खेलाडीलाई पनि मनोनयन गर्ने प्रावधान रहेको छ । अवार्डको छिनोफानो उपाधिकै पूर्व विजेता र म्यागजिनको सम्पादक समूहले गर्दै आएका छन् ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.