9 years ago
April 11, 2016
काठमाडौ- पोखरामा हुने दुई ठूला फुटबल प्रतियोगिता मध्येको एक मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता भोली (मंगलबार) बाट सुरु हुने भएका छ । अर्को ठूलो प्रतियोगिता आहा रारा गोल्डकप केही महिना अघि नै सम्पन्न भइसकेको छ । आहा रारा सहारा क्लबले आयोजना गर्दछ भने पोखरा कपको आयोजक जिल्ला फुटबल संघ कास्की हो ।
पोखरा कपको विजेताले पाउने रकममा यसपटक डेढलाख भन्दा बढी थपिने आयोजक संघले जानकारी दिएको छ । यसअघि ३ लाख ५५ हजारको प्रथम पुरस्कार थियो भने यसपटक ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । त्यस्तै दोस्रो हुने टोलीले २ लाखा ५५ हजार ५ सय ५५ पाउनेछ । यसअघि उपविजेताले २ लाख १ हजार पाउदै आएको थियो ।
पोखरा रंगशालामा वैशाख ११ गते सम्म चल्ने प्रतियोगितामा १ विदेशीसहित १२ टोलीको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा ए डिभिजन क्लब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाड् मस्र्याड्दी, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै पूर्वाञ्चल, पश्चिमाञ्चल, झापा, धरान, रुपन्देही, सिमरा र आयोजक कास्कीको पोखराले पनि प्रतियोगिता भाग लिएको छ । एकमात्र विदेशी टोलीका रुपमा भारतको नयाँ दिल्लीको युनाइटेड क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिता पुसमा हुनुपर्ने भएपनि नाकावन्दीका कारण पछि सार्नुपरेको जिल्ला संघ कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले बताए । मंगलबार एपिएफ र सिमराबीच उद्घाटन खेल हुनेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]