default_image

6 years ago

December 25, 2018

७० खेल, १६४ गोल, ८८ गोलकर्ता : तथ्यांकमा ए डिभिजन लिग

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले पाँच वर्षको अन्तरालपछि ए डिभिजन लिग आयोजना गर्यो । रेलिगेसन विनाको लिगका दश चरणका खेल समापन भइसकेका छन् ।

लिगको तीन चरणको खेल बाँकी रहँदा उपाधिको दावेदार ७ पटकको च्याम्पियन मनाङ मर्स्याङदी  क्लब अपराजित रहँदै १० खेलबाट ३० अंक जोडेर उपाधिको संघारमा छ । लिगको ११ औं चरणमा मनाङले दोस्रो स्थानमा रहेको सिएजमी क्लब संकटाको सामना गर्नेछ । यस खेलमा जित हात पारे मनाङले लिगको दुई खेल अगावै आठौं पटक लिग च्याम्पियन बन्नेछ ।

लिगको दशौं चरण सकिँदा ८८ जना खेलाडीले गोल गर्दा लिगको गोल सङ्ख्या १६४ पुगेको छ । जसमा ४ आत्मघाती गोल समावेश छन् । रुस्लान थ्री स्टारका डिफेन्डर रन्जित धिमाल ७ गोलसहित लिगको सर्वाधिक गोलकर्ताको सुचीमा अग्रता स्थानमा रहँदा उनलाई मनाङका विदेशी खेलाडी ओलावाले ओलाडिपो अफिजले ६ गोल गरेर पछ्याइरहेका छन् । मनाङकै अन्जन विष्टको ५ गोल रहेको छ ।

लिगको एकै खेलमा सर्वाधिक ६ गोल भएको छ । सबैभन्दा ठुलो हार अन्तर भने ५–० को छ । थ्री स्टारले ब्रिगेड ब्वाइजमाथि ५–१, च्यासलले एनआरटीमाथि ५–१, आर्मीले संकटामाथि ५–१, फ्रेन्डस र जावलाखेलले ३–३ गोलको बराबरी र मच्छिन्द्रले सरस्वतीमाथि ४–२ को जित निकाल्दा ६ गोल सम्भव भएका छन् । पुलिसले फ्रेन्डसमाथि ५–० को फराकिलो जित निकालेको छ । लिगको ७० खेलमा ५७ खेलमा जितहार हुँदा १३ खेल बराबरीमा सकिएका छन् ।

यस्तोमा कुन चरणमा कति गोल भए त । हामीले यहाँ प्रस्तुत गरेका छौं :

पहिलो चरण

लिगको पहिलो चरणमा १३ गोल भयो । उद्घाटन खेलमा न्युरोड टिम एनआरटीले उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई २–२ गोलको बराबरी रोकेको थियो । संकटाले सरस्वतीविरुद्ध र पुलिसले जावलाखेलविरुद्ध समान १–० को झिनो जित निकालेका थिए । मछिन्द्र र च्यासल तथा हिमालयन शेर्पा र एपिएफले गोलरहित बराबरी खेल्दा मनाङले ब्रिगेड ब्वाइजमाथि ३–१ को जित निकालेको थियो ।

दोस्रो चरण

लिगको दोस्रो चरणमा पनि १३ गोल नै सम्भव भयो । मनाङले एनआरटीविरुद्ध र संकटाले जावलाखेलविरुद्ध समान २–० को जित निकाल्दा आर्मीले च्यासल, एपिएफले फ्रेन्डस् तथा र शेर्पाले सरस्वतीमाथि समान १–० को जित निकाले । थ्री स्टारले ब्रिगेड ब्वाइजमाथि ५–१ को फराकिलो जित दर्ता गर्दा मच्छिन्द्रले पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो ।

तेस्रो चरण

लिगको तेस्रो चरणमा २२ गोल सम्भव भयो । आर्मीले संकटालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो । यो चरणमा बराबरीको नतिजा निस्किएन । मनाङले थ्री स्टारलाई २–१, ब्रिगेड ब्वाइजले एपिएफलाई ३–१, आर्मीले पुलिसलाई १–०, संकटाले मच्छिन्द्रलाई २–०, सरस्वतीले फ्रेन्डसलाई ३–० ले तथा शेर्पाले जावलाखेलमाथि २–१ को जित रच्यो ।

चौथो चरण

चौथो चरणमा लिगकै सर्वाधिक २४ गोल निस्कियो । यो चरणमा आर्मीले संकटामथि ५–१ को फराकिलो जित निकाल्यो । थ्रीस्टारले एनआरटीलाई २–०, पुलिसले च्यासललाई २–०, सरस्वतीले बीबीसीलाई २–१, मनाङले एपिएफलाई २–१ र शेर्पाले मच्छिन्द्रमाथि २–० को जित निकाल्दा फ्रेन्डस् र जावलाखेलले ३–३ गोलको बराबरी खेले ।

पाँचौ चरण

पाँचौ चरणमा १७ गोल सम्भव हुँदा बराबरीको नतिजा निस्किएन । एनआरटीले पुलिसलाई ३–० मा नतिजा सुम्पियो । थ्री स्टारले एपिएफलाई २–० ले पाखा लगायो । च्यासल संकटासँग २–१ ले पराजित हुन पुग्यो । मनाङले सरस्वतीलाई २–०, फ्रेन्डसले मच्छिन्द्रलाई ३–०, आर्मीले शेर्पालाई २–१ ले तथा जावलाखेलले बीबीसीलाई १–० ले पराजित गरे ।

छैटौं चरण

लिगको छैटौं चरणमा १३ गोल निस्कियो । दुई खेल गोलरहित बराबरीमा सकियो । फ्रेन्डस र आर्मी तथा बीबीसी र मच्छिन्द्रको खेलमा गोल हुन सकेन । एपिएफले एनआरटीविरुद्ध, संकटाले पुलिसविरुद्ध र थ्री स्टारले सरस्वतीविरुद्ध समान २–१ को जित निकाले । मनाङले जावलाखेलमाथि १–० को झिनो जित निकाल्यो ।

सातौं चरण

सातौं चरणमा १४ गोल सम्भव भयो । पुलिस र शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । संकटाले एनआरटी माथि १–०, एपिएफले सरस्वतीमाथि ३–०, थ्री स्टारले जावलाखेलमाथि २–०, च्यासलले फ्रेन्डसमाथि ३–१, आर्मीले बीबीसीमाथि १–० र मनाङले मच्छिन्द्रमाथि १–० को जित दर्ता गरे ।

आठौं चरण

लिगको आठौं राउन्डमा १३ गोल सम्भव भयो । यो चरणको खेलमा बराबरीको नतिजा निस्किएन । सरस्वतीले एनआरटीमाथि १–०, संकटाले शेर्पामाथि २–०, जावलाखेलले एपिएफमाथि १–०, पुलिसले फ्रेन्डस्माथि ५–०, मनाङले आर्मीमाथि १–०, च्यासलले बीबीसीमाथि २–० र थ्री स्टारले शेर्पामाथि १–० को झिनो जित निकाले ।

नवौं चरण

लिगको नवौं राउन्डमा १७ गोल भयो । शेर्पाले एनआरटीमाथि १–० को झिनो जित निकाल्यो । सरस्वती र जावलाखेलले गोलरहित बराबरी खेले । संकटाले फ्रेन्डसलाई, एपिएफले मच्छिन्द्रलाई तथा मनाङले च्यासललाई समान ३–१ को गोलअन्तरमा हराए । पुलिस बीबीसी १–१ गोलको बराबरीमा रोकियो । यस्तै आर्मीसँग थ्री स्टार १–१ गोलको बराबरीमा रोकिबएपछि थ्री स्टारको उपाधि यात्रामा धक्का लाग्यो ।  यही चरणमा मच्छिन्द्रले गोलको खडेरी तोड्यो ।

दशौं चरण

लिगको दशौं चरणमा १८ गोल निस्कदा मनाङले उपाधि यात्रालाई थप बलियो बनायो । यही चरणमा मच्छिन्द्रले सरस्वतीलाई ४–२ ले तथा एनआरटीले जावालखेललाई २–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गर्यो । फ्रेन्डसले शेर्पालाई २–१ ले नै हरायो । थ्री स्टार च्यासलसँग गोलरहित तथा संकटा बीबीसीसँग १–१ गोलको बराबरीमा रोकियो । एपिएफले आर्मीलाई २–१ ले पराजित गर्दै आर्मीको उपाधि यात्रा समाप्त पारिदियो । मनाङले पुलिसलाई १–० ले हरायो ।

March 13, 2025

काठमाडौं डिसीसी कप हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

Success

Thank you for your time.