default_image

6 years ago

December 25, 2018

युभेन्ट्सको नजरमा इस्को

154 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्ट्सले लिगको अपराजित यात्रा र च्याम्पियन्स लिगको उपाधि लक्ष्यलाई अझ मजबुत बनाउन ट्रान्सफर विन्डोमा केहि खेलाडी भित्र्याउने प्रयास गर्ने भएको छ ।

रियल म्याड्रिडमा नयाँ प्रशिक्षकको आगमनसँगै मौका नपाएर बेन्चमा अडेका मिडफिल्डर इस्कोलाई युभेन्ट्सले आफ्नो पहिलो रोजाइमा राखेको छ । युभेन्ट्सले यसअघी पनि इस्कोलाई पछ्याएको थियो तर म्याड्रिडले त्यसबेला इस्कोले आफ्नो टोलीको महत्त्वपूर्ण हिस्सा भएकोले विक्री गरेको थिएन । सान्टियागो सोलारीको आगमनसँगै इस्कोले बिरलै मैदानमा खेल्ने मौका पाएका छन् ।

सोलारीको रणनीतिमा इस्को मिसिन नसक्दा उनले जनवरीमा क्लब छाड्ने सम्भावना बढेको हो । युभेन्ट्ससँगै पेप गुआर्डीओलाको म्यानचेस्टर सिटीले पनि इस्कोलाई भित्र्याउने प्रयास गरेको बुझिएको छ । सिटीले इस्कोलाई डेविड सिल्भाको उत्तराधिकारीको रुपमा क्लबमा भित्र्याउने प्रयास गरेको छ । तर युभेन्ट्सले भने इस्कोलाई टोलीमा मुख्य भूमिका दिएर ल्याउने प्रयासमा छ ।

यसै सिजन स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको युभेन्ट्सले पछिल्लो समय सबै प्रतियोगितामा उत्क्रिस्ध्तउत्कृष्ट प्रदर्शन गरिरहेको छ । लिगमा १७ खेलसम्म अपराजित रहँदै फराकिलो अग्रता कायम गरेको युभेले च्याम्पियन्स लिगमा पनि समूह विजेता बन्दै अन्तिम १६ को यात्रा तय गरेको छ । युभेले क्वाटरफाइनल प्रवेशका लागि एटलेटिको म्याड्रिडको सामना गर्नेछ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.