6 years ago
December 25, 2018
एजेन्सी – अर्मेनिया तथा इंग्लिस क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखटरियान ६ साता मैदान बाहिर रहने भएका छन् ।
२९ बर्षीय मिखटरियानले कारवाओ कप अन्तरगत टोटेनहमविरुद्ध पराजित भएको खेलमा खुट्टामा चोट बोकेपछि ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।
मिखटरियानको दाहिने खुट्टाको पैताला फ्याक्चर भएको छ । मिखटरियानको चोट ठिक हुन कम्तीमा पनि ६ साता लाग्ने डक्टरहरुले बताएका छन । यससँगै मिखटरियानले लिगका महत्वपूर्ण खेलहरु गुमाउने छन् ।
चोटकै कारण बर्नलीविरुद्धको टिममा नरहेका मिखटरियानले लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीविरुद्धको खेलहरु गुमाउने भएका हुन् । मिखटरियानले यो सिजन ४ गोल गर्दै ३ गोलका लागि सहायता गरेका छन् ।
लिगको आधा चरणको खेल सकिन लाग्दा आर्सनल पाँचौ स्थानमा छ । आर्सनलको १८ खेलबाट ३७ अंक छ । समान खेलबाट समान ३७ अंक रहेको चेल्सी गोलअन्तरमा चौथो स्थानमा छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]