6 years ago
December 24, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टुवाले क्लबका पूर्व सुपर स्टार क्रिस्टियानो रोनाल्डोको विकल्पमा अरु कोहि हुन नसक्ने उल्लेख गरेका छन् । तर, टोलीलाई अघि बढाउने हो भने अन्य खेलाडीले जिम्मेवारी लिएर अघि बढ्नु पर्ने उनले बताएका छन् ।
झन्डै एक दशक रियलमा बिताएका रोनाल्डो यसै सिजनको सुरुवातमा युभेन्ट्समा पुगेका थिए । रोनाल्डो सम्मिलित रियलले ५ वर्षमा ४ पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । रियल यो सिजन ला लिगामा निकै संघर्ष गरिरहेको छ । केहि अघि मात्र रियलले प्रशिक्षक जुलेन लेपेटेगुइलाई बर्खास्त गरेको थियो ।
रियलमा यसै सिजन आबद्ध भएका गोलकिपर थिबाउटले रोनाल्डोको ठाँउ अन्य खेलाडीले लिन नसक्ने उल्लेख गर्दै तर, अन्य खेलाडीले उनले जस्तै टोलीलाई सफलता दिलाउन कोसिस गर्नुपर्नेमा जोड दिए ।
‘उनी अर्कै क्षमताका खेलाडी हुन् । उनको ठाँउ अरुले लिन कठिन छ । उनले जे गरे त्यसलाई हामी बिर्सन सक्दैनौं,’ उनले भने,‘ तर अब उनी हामीसँग छैनन् । अन्य खेलाडीले आफुलाई प्रमाणित गर्ने समय आएको छ । क्लब विश्व कपमा ग्यारेथ बेलले त्यस्तै प्रदर्शन गरे जस्तो रोनाल्डोले रियलका लागि गर्थे । यदि उनले त्यसलाई निरन्तरता दिन सके भने भने क्लबका लागि त्यो उपयुक्त हुनेछ । ’
रियलले अल आइनलाई फाइनलमा पराजित गर्दै लगातार तेस्रो पटक क्लब विश्व कपको उपाधि जितेको हो । विश्वकप उपाधि कीर्तिमानी चौथोपटक जितेपनि टोली ला लिगाको अंक तालिकामा भने चौथो स्थानमा छ ।
च्याम्पियन्स लिगको साविक विजेता समेत रहेको रियललाई यसपटक उपाधि रक्षा गर्ने चुनौति रहेको छ । टोलीका सबै भन्दा सफल खेलाडी रोनाल्डोको साथ यसपटक रियलसँग हुने छैनन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]