6 years ago
December 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्काे विभागी टोली नेपाल एपिएफ क्लबसँग स्तब्ध भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको दिनको पहिलो खेलमा आर्मी एपिएफसँग २–१ ले स्तब्ध भएको हो । आर्मीलाई स्तब्ध बनाउन एपिएफका आशिष लामाले २ गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काएपनि टिमलाई हारबाट जोगाउन सकेन ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ५७औं मिनेटमा एपिएफका आशिष लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । ८६औं मिनेटमा आशिषले नै व्यक्तिगत दोस्रो गोल रेपछि एपिएफले खेलमा २–० को अग्रता बनायो । त्यसको एक मिनेटपछि नै आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, आर्मी खेलमा फर्कन असमर्थ रह्यो ।
एपिएफसँगको हारपछि आर्मी १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा एपिएफले १७ अंक बनाएको छ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]