default_image

6 years ago

December 23, 2018

रिवेरीको दुई गोलमा बायर्नले फ्रान्कफर्टलाई हरायो

74 views

0 Bookmark

एजेन्सी – फ्रान्क रिवेरीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा फ्रान्कफर्टलाई पराजित गरेको छ । बायर्नले फ्रान्कफर्टलाई ३–० ले हराएको हो ।


फ्रान्कफर्टको घरेलु मैदानमा बायर्नलाई जिताउन फ्रान्क रिवेरीले २ तथा राफिन्हाले १ गोल गरे । ३५औं मिनेटमा रोवर्ट लोवान्डोस्कीको पासमा फ्रान्क रिवेरीले गोल गरेपछि बायर्नले पहिलो हाफमा १–० को अग्रता बनायो ।

७९औं मिनेटमा जोसुवा किम्मिचको पासमा रिवेरीले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले खेलमा २–० को अग्रता बनायो । ८९औं मिनेटमा थोमस मुलरको पासमा राफिन्हाले गोल गरेपछि बायर्नले खेल ३–० ले जित्न सफल भयो ।

जितसँगै बायर्नले शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ । बायर्नको १७ खेलबाट ३६ अंक रहँदा शीर्षस्थानको डर्टमन्डको समान खेलबाटै ४२ अंक रहेको छ । बायर्नसँग पराजित फ्रान्कफर्ट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.