6 years ago
December 23, 2018
पेरिस (एजेन्सी) – युवा फरवार्ड केलियन एमबाप्पेको एकमात्र गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा नान्टेसलाई १–० ले पराजित गरेको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा एमबाप्पेले खेलको ६८औं मिनेटमा एकमात्र गोल गरेका थिए । उनले डि मारियाको पासमा बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलभर नै पीएसजीले नान्टेसविरुद्ध दवाव सिर्जना गरेपनि थप गोल निस्कन सकेन ।
जितपछि अपराजित रहेको पीएसजीले १७ खेलबाट ४७ अंक जोडेको छ । पीएसजीले दोस्रो स्थानको लिलेसँग १३ अंकको अग्रता बनाएको छ । पराजित नान्टेस २० अंक जोडेर १४औं स्थानमा छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]