6 years ago
December 22, 2018
इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–२ ले स्तब्ध बनेको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटीलाई स्तब्ध बनाउन क्रिस्टल प्यालेसका जेफ्री स्कुलप, एन्ड्रोस टाउनसेन्ड र लुका मिलीभोजेभिकले गोल गरे । घरेलु टोलीका लागि इकेए गुन्डोगान र केभिन डि ब्रुयनले गोल गरे ।
सिटीले खेलको २७औं मिनेटमा गुन्डोगानको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । क्रिस्टल प्यालेसका जेफ्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको २ मिनेटपछि नै एन्ड्रोसले गोल गरेपछि क्रिस्टलले खेलमा २–१ को अग्रता बनायो ।
५२औं मिनेटमा केयल वार्करले बक्सभित्र एन्ड्रोसलाई फल गरेपछि क्रिस्टल प्यालेसले पेनाल्टीको मौका पाएको थियो । जसलाई लुका मिलीभोजेभिकले सदुपयोग गरेपछि क्रिस्टल प्यालेसले खेलमा ३–१ को अग्रता बनायो ।
खेलमा ३–१ ले पछि परेपछि सिटीले दवाव सिर्जना गर्दै एक गोल थपेपनि त्यो जितको लागि पर्याप्त बनेन । ८८औं मिनेटमा केभिन डि ब्रुयनले गोल गरेपनि टिमलाई जिताउन सकेन ।
हारपछि सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । सिटीको १८ खेलबाट ४४ अंक छ । शीर्ष स्थानको लिभरपुलको ४८ अंक छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]