9 years ago
April 8, 2016
काठमाडौं- फुटबल प्रशिक्षक राजुकाजी शाक्य गजराज जोशी आदर्श खेलाडीबाट सम्मानित भएका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले शुक्रबार भक्तपुर दरबार स्क्वारमा आयोजना गरेको बर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा शाक्यलाई आदर्श खेलाडीबाट सम्मान गरिएको थियो । नेमकिपाका अध्यक्ष नारायमान विजुक्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, गजराज फाउन्डेसनका अध्यक्ष राम जोशी र संघका अध्यक्ष दीपक विष्टले शाक्यलाई सम्मान गरेका थिए ।
शाक्यको प्रशिक्षणमा नेपालले गत महिना मात्र नेपालको यू २३ टोलीले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । प्रशिक्षकका रुपमा शाक्यको त्यो पहिलो अन्तराष्ट्रिय उपाधि थियो । तर, खेलाडीका रुपमा भने उनी नेपालका सफल खेलाडीमध्ये पर्छन् ।
नेपालको राष्ट्रिय टोलीले प्राप्त गरेको दुई ठूला सफलताका दुई खेलाडी मध्येका शाक्य एक हुन् । नेपालले सन् १९८४ मा काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुद (साफ) र १९९३ मा बंगलादेशमा सम्पन्न तेस्रो साफमा स्वर्ण पदक जित्दा शाक्यको सदस्य थिए । स्वर्ण जित्ने टोलीमा रहेका शाक्यसँगै उमेश प्रधान थिए । प्रधान अहिले परिवारका साथ अमेरिका छन् । बरु ठेलागाडा चलाएर जीवन चलाउछु भन्ने शाक्यले १९९३ को स्वर्ण जित्ने टोलीको कप्तानी समेत गरेका थिए । नेपाली राष्ट्रिय टोलीबाट बढी अन्तराष्ट्रिय खेल खेल्ने मध्येका शाक्य खेलाडी र प्रशिक्षकका रुपमा झन्डै ४ दशकदेखि फुटबलमा सक्रिय छन् ।
एनआरटी, आर्मी, लक्ष्मी हुन्डाई मनाड मस्र्याड्दी जस्ता माथिल्ला क्लब सम्हालिसकेका शाक्यले प्रशिक्षकका रुपमा घरेलु ए डिभिजन लिग भने जित्न सकेकका छैनन् । त्यसैले पनि उनलाई अभागी प्रशिक्षकका रुपमा हेरिन्थ्यो । अहिले महिना सागमा स्वर्ण जिताएपछि भने उनीमाथिको त्यो ट्याग हटेको छ । आदर्श खेलाडी घोषित भएवापत उनले सम्मान पत्र २५ हजार रुपैयाँ प्राप्त गरे । सो अवसरमा २०७१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने अलग अलग खेलका २५ खेलाडीलाई बर्षका उत्कृष्ट खेलाडी घोषित गर्दै पुरस्कृत गरिएको थियो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]