default_image

6 years ago

December 22, 2018

‘रियल फर्कने अहिले सोचेको छैन’- रोड्रिग्वेज

79 views

0 Bookmark

बर्लिन (एजेन्सी)– बायर्न म्युनिखका मिडफिल्डर हामेस रोड्रिग्वेजले रियल म्याड्रिड फर्कने विषयमा नसोचेको बताएका छन् । रियलबाट लोनमा बायर्न पुगेका उनको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । रोड्रिग्वेजले प्रशिक्षक निको कोभाकसँगको असमझदारी रहेको भन्ने विषय पनि अस्वीकार गरेका छन् ।

रियलका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानलाई प्रभाव पार्न असफल भएपनि रोड्रिग्वेज जर्मन च्याम्पियन टोलीमा आबद्ध भएका थिए । कोलम्बियन स्टारले रियल फर्कने विषय अस्वीकार गरेका छन् । तत्काल बायर्नका विषयमा बाहेक अरु केहि नसोचेको उनले बताएका छन् ।

‘बायर्न म्युनिख मेरो वर्तमान हो । जुनसम्म मेरो सम्झौता बाँकी छ,’ उनले भने, ‘म यहाँ ठिक र खुसी छु । जुनमा के हुन्छ त्यति बेला हेरौंला । अहिले बायर्न बाहेक अरु विषयमा सोचेको छैन । नयाँ वर्षबाट नयाँ हिसाबले अघि बढ्ने अपेक्षा गरेको छु ।’

रोड्रिग्वेजले पछिल्लो समय बायर्नमा पनि खासै मौका पाएका छैनन् । यद्दपी उनले टोलीका प्रशिक्षकसँग कुनै समस्या नभएको बताएका छन् । उनले भने, ‘बायर्न मजबुत टोली हो । अर्कोतिर प्रशिक्षकसँग मेरो कुनै समस्या छैन ।’

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.