default_image

6 years ago

December 21, 2018

जुनसुकै भूमिकाका लागि बेल तयार

71 views

0 Bookmark

अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले प्रशिक्षकले दिने जुन सुकै भूमिकामा पनि आफु खेल्न तयार रहेको बताएका छन् । बेलको ह्याट्रिकसँगै काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै बुधबार रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा पुगेको थियो । उनले बुधबार लेफ्ट विङ्सबाट खेलेका थिए ।

टोटेनह्याममा हुँदा देखि नै बेल तीब्रगतिका विङ्गर थिए । तर, स्पेनिस क्लबमा पुगेयता उनले राइट विङ्स र सेन्टरबाट पनि खेल्नु परेको थियो । रोनाल्डोले लेफ्ट विङ्सबाट खेल्दा बेलले आफ्नो बलियो पोजिसनमा खेल्ने अवसर पाएका थिएनन् । वेल्सका कप्तान समेत रहेका बेलले आफुलाई लेफ्टमा खेल्न बढी सहज हुने बताएका छन् । यद्दपी उनले फरवार्ड वा अरु कुनै भूमिकामा पनि आफुलाई फरक नपर्ने र टोलीको जितका लागि कोसिस गर्ने बताएका छन् ।

‘मैले खेल जीवनको अधिकांश समय लेफ्ट विङ्सबाट खेले । मलाई त्यहि खेल्न सहज लाग्छ,’ उनले भने, तर, म राइटमा पनि खेल्न सक्छु । लेफ्ट वा सेन्टरमा पनि मलाई केहि समस्या छैन । प्रशिक्षकको आवश्यकता अनुसार म खेल्न तयार छु । गोल गर्दा खुसी लागेको उल्लेख गर्दै बेलले टोलीलाई सहयोग गर्नु र फाइनल पुग्नु महत्वपूर्ण भएको बताएका छन् ।

‘यो हाम्रो लागि महत्वपूर्ण जित हो । खेलमा हामीलाई कठिन हुन्छ भन्ने थाहा थियो । तर हामीले राम्रो खेल्ने प्रयास गर्यौ र फाइनल पुग्यौं ,’ बेलले भने, ‘यो अर्को उपाधि हो । क्लबका लागि उपाधि जित्नु सधै महत्वपूर्ण हुन्छ । खेलाडी सबैले सामूहिक प्रदर्शन गरेका छन् । ‘

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.