default_image

6 years ago

December 20, 2018

चेल्सी र टोटेनहम कारवाओ कपको सेमिफाइनलमा

88 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले कारवाओ कपको सेमिफाइनलमा स्थान बनाएका छन् ।

चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी बोर्नमाउथलाई १–० ले तथा टोटेनहमले अर्काे प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई २–० ले पराजित गर्दै कारवाओ कप (इंग्लिस लिग) कपको अन्तिमा चारमा स्थान बनाउन सफल भएका हुन् ।

चेल्सीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी गोल गर्न असफल बनिरहेको थियो । तर, खेल सकिन ६ मिनेट बाँकी रहँदा इडेन हाजार्डले गोल गर्दै चेल्सीलाई लिग कपको सेमिफाइनलमा पुर्याए । उनले इमर्सनको पासलाई सदुपयोग गरेका थिए ।

बुधबार राति नै भएको अर्काे खेलमा ह्युङ मिन सन र डेल अलीको गोलको सहयोगमा टोटेनहमले आर्सनलमाथि २–० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । टोटेनहमका लागि खेलको २०औं मिनेटमा सनले गोल गर्दा ५९औं मिनेटमा डेल अलीले गोल गरेका थिए ।

यसअघि म्यानचेस्टर सिटी र लिग वान क्लब बर्टन अल्वियोनले सेमिफाइनलमा स्थन बनाइसकेका छन् ।

लिग कपको सेमिफाइनलमा सिटी र बर्टनले प्रतिस्पर्धा गर्दा अर्काे सेमिफाइनलमा चेल्सी र टोटेनहमबीच खेल हुनेछ । सेमिफाइनल पहिलो लेग ९ जनवरीमा हुनेछ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.