default_image

6 years ago

December 19, 2018

रुस्लान थ्री स्टार र आर्मीको बराबरी

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबको खेल १-१ को बराबरीमा सकिएको छ । थ्री स्टारका लागि निराजन खड्काले र आर्मीका जर्जप्रिन्स कार्कीले गोल गरे ।

खेलको १६औं मिनेटमा अवाङ अल्वर्टको पासमा अजायी मार्टिन्सको प्लेसिङ प्रहार पोष्टबाट थोरै बाहिरयो । १८औं मिनेटमा आर्मीका सन्तोष तामाङको प्रहार पोष्टबाट थोरै बाहिरियो ।

३०औं मिनेटमा थ्रीस्टारका मिक्चेन तामाङको फ्रिकिक गोलरक्षकले बचाए । ३७औं मिनेटमा सन्तोष तामाङको प्रहारले पोष्टको दिशा लिन सकेन। ४५औं मिनेटमा सन्तोषको फ्रिकिक गोलरक्षकले बचाए ।

दोस्रो हाफको ७० औं मिनेटमा थ्री स्टारले अग्रता लियो । पिटर सेगुनको पासमा अजायी मार्टिन्सले पेनाल्टी क्षेत्रभित्र दिएको पासमा निराजन खड्काले हाफ भलीमा गोल गर्दै अग्रता दिलाए । जर्जप्रिन्स कार्कीले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै आर्मीलाई बराबरीमा ल्याए ।

त्यसअघि ५४औं मिनेटमा टेक बहादुर बुढाथोकीको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाउ गरे । ५६औं मिनेटमा मार्टिन्सको पासमा रन्जन विष्टको प्रहार बाहिरियो । ६९औं मिनेटमा आर्मीका सन्तोष तामाङको फितलो प्रहारले पोस्टको दिशा लिन सकेन । ८७औं मिनेटमा थ्री स्टारका अनिल गुरुङले वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार पोलमा लागेर फर्कियो ।

यस बराबरीसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा अडिएको छ । थ्री स्टारले ९ खेलमा ७ जित, १ बराबर र १ हारसहित २२ अंक जोडेको छ । संकटा २४ अंक जोड्दै दोस्रो स्थानमा छ । मनाङ ९ खेलमा २७ अंकसहित शीर्षस्थानमा छ । आर्मी भने ९ खेलमा ५ जित, ३ बराबर र १ हारसहित १८ अंक बोकेर चौथो स्थानमा छ ।

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

Success

Thank you for your time.