9 years ago
April 7, 2016
नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा ६ स्थानमाथि उक्लिएको छ ।
आजै जारी गरिएको नयाँ वरीयतामा नेपाल १ सय ७९ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १ सय ८५ औं स्थानमा रहेको नेपाल २०१६को सुरुवात देखिनै माथि उक्लदै आएको छ।
दक्षिण एसियाली राष्ट्रहरुमध्ये अफगानिस्तान सबभन्दा माथिल्लो १ सय ४७ स्थानमा छ । माल्दिभ्स १ सय ६० र साफ च्याम्पियन भारत १ सय ६२ औं स्थानमा छन् । अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेश (१७७) पनि नेपालभन्दा माथि छ ।
अन्य देशहरुमा भने भुटान १ सय ८६, श्रीलंका १ सय ८७ र पाकिस्तान १ सय ९० औं स्थनमा छन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]