default_image

6 years ago

December 19, 2018

लेस्टरलाई पराजित गर्दै सिटी कारवाओ कपको सेमिफाइनलमा

87 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी कारवाओ (इएफलएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इएफएल कप अन्तरगत मंगलबार राति भएको क्वाटरफाइनलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।


लेस्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा इकेए गुन्डोगान, गाब्रियल जेसस र ओलेकसन्डर झिन्चेन्कोले गोल गरे ।

रहिम स्ट्रलिङको प्रहार बाहिरिएको थियो । लेस्टर सिटीका ह्यारी मिगुरेले गोल गर्दा क्रिस्टियन फुच, जेम्स म्याडीसन र कग्लर सोयन्चुले गोल गर्न सकेनन् । फुचको प्रहार क्रसबारमा लागेर फर्कदा जेम्स र कग्लरको प्रहार सिटीका गोलरक्षक अरिजानेत मुरिकले बचाएका थिए ।

त्यसअघि खेलको १४औं मिनेटमा चोटबाट पुनरागमन गरेका केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । उनले निकोलस ओटामेन्डीको पासलाई गोलमा परिणत गरेका थिए ।

७३औं मिनेटमा मार्क अलब्रिङ्टनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.