9 years ago
April 7, 2016
दिपक बोहोरा , पाँचथर
जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।
परापूर्वकाल बाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुँदा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको आयोजना गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए ।
बैशाख ४ गते देखि बैशाख १० सम्म सञ्चाल हुने खेलमा आयोजक यासोक सहित भारत , भुटान र पुर्वाञ्चल क्षेत्रका फुटबल टिम सहभागी हुने मेला व्यबस्थापन समितीका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।
कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपमा प्रथमहुने टोलीले १ लाख ५० हजार र द्धितिय हुने टिमले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जानकारी दिए । खेल सञ्चालनका निम्ति अनुमानित २५ लाख रुपया लाग्ने थापाले जानकारी दिए ।
फुटबल संगै प्रथम कुभ्भायक कुस्सायक नकआउट भलिबल प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले बताए । भलिबल तर्फ प्रथम टिमले रु ४० हजार र द्धितिय हुने टिमले रु २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिए ।
November 15, 2024
एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]
November 15, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]
November 15, 2024
एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]