6 years ago
December 18, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ । खराब फर्मबाट गुज्रिरहेको युनाइटेड प्रिमियर लिगमा आइतबार लिभरपुलसँग ३–१ ले पराजित भएको थियो । प्रिमियर लिगका पछिल्ला ६ खेलमा युनाइटेडले एक खेलमात्र जित्न सकेको थियो ।
लिगको छैटौं स्थानमा रहेको युनाइटेड छैटौं स्थानमा छ । शीर्ष ४ मा रहेको टोलीको भन्दा ११ अंक पछि रहेको युनाइटेडका लिभरपुलभन्दा १९ अंकले पछाडि छ । ‘तत्काल लागु हुने गरि माउरिन्होले क्लब छाडेका छन्’ , युनाइटेडले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,’ क्लब उनलाई धन्यवाद दिनै उज्वल भविष्यको कामना गर्दछ । ‘
युनाइटेडले यो सिजनको अन्त्यसम्म कार्यवहाक प्रशिक्षक नियुक्त गर्ने सम्भावना छ । सन् २०१६ मा माउरिन्होले युनाइटेडको कमान सम्हालेका थिए । त्यसअघि चेल्सीलाइ ३ प्रिमियर लिग उपाधि दिलाएका माउरिन्होले इन्टर मिलानलाई पनि तीन उपाधि दिलाएका थिए । त्यस्तै रियल म्याड्रिडलाई पनि उनले ला लिगा उपाधि दिलाएका थिए ।
५५ वर्षीय माउरिन्होले ओल्ड ट्राफोर्डमा हुँदा लिग कप र युरोपा लिग जिताएका थिए । तर, यो सिजन युुनाइटेडले निकै खराव प्रर्दशन गरेको छ । लिगको छैटौ स्थानमा रहेको युनाइटेड शीर्षस्थानको लिभरपुल भन्दा १९ अंकले पछि छ ।
तीन वर्षअघि चेल्सीले पनि लगातारको खराब प्रदर्शनपछि माउरिन्होलाई डिसेम्बर १७ को दिन बर्खास्त गरेको थियो । युनाइटेडले उनको विकल्प खोजिसकेको छैन ।
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]