default_image

6 years ago

December 18, 2018

अन्तिम १६ मा रियल पर्दा आयाक्सका खेलाडी हर्षित

69 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सोमबार सार्वजनिक भयो । तालिका अनुसार साविक विजेता रियल म्याड्रिडले डच टोली आयाक्ससँग खेल्ने भएको छ ।

आयाक्स कप्तान डेली ब्लिन्डले सोमबार आयाक्सका खेलाडी च्याम्पियन्स लिगमा रियलसँग खेल्ने पक्का भएपछि खुसीले हो-हल्ला गरेको बताए । ड्र को समयमा सबै खेलाडी प्रशिक्षण केन्द्रमा थिए र सबै खुसीले मग्न थिए । खेलाडीहरु टेबल ठटाउँदै टिभी अगाडी नाचेका थिए ।

रियल पछिल्लो साता समूह चरणको अन्तिम खेलमा सीएसकेए मस्कोसँग ३-० ले पराजित भएपछि आयाक्सका खेलाडीले खुसी मनाएका हुन् ।’ रियल एकदम राम्रो टोली हो । तर हामी पनि अत्मविश्वाशी हुनुपर्छ,’ उनले प्रशिक्षण मैदानमा हर्षित भएको क्षण सम्झंदै भने ।

‘ हामीले रियललाई पराजित गर्न सक्छौं । हामीसंग त्यसका लागि पर्याप्त विश्राम र सुधार्ने समयरहेको छ,’ उनले थपे, ‘ हामीले पछिल्लो केहि खेल हेर्ने हो भने बायर्नजस्तो टोलीसँग पनि डटेर प्रतिस्पर्धा गरेका छौं । चाहे त्यो घरेलु मैदान होस् या अवे ।’

‘हामीले त्यहि जोश, बहादुरी र जाँगर देखाएर खेल्ने हो भने हाम्रो केहि सम्भावना रहन्छ । हामीले खेललाई गम्भीर रुपमा लिएका छौं,’ ब्लिन्डले भने, ‘ म्याड्रिड उपाधिको साविक विजेता हो । लगातार तीन पटक जितेको टोलीलाई हराउन सहज हुने छैन । अर्को चरणमा पुग्न असम्भव भने छैन । ‘

आयाक्स समूह ‘ई’ को अन्तिम खेलमा बायर्नसँग ३-३ को बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.