6 years ago
December 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट लयलाई जारी राख्दै सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को जित दर्ता गरेको छ ।
संकटाले खेलको पहिलो हाफमा एलोन म्याक्स्वेलको गोलमा सुरुवाती अग्रता लिएको थियो । म्याक्सवेलले २४ औं मिनेटमा सेड्रिक अबाले फ्लिक गरेको बललाई नियन्त्रणमा लिँदै गोलरक्षक अगाडी बढेको फाइदा उठाउँदै गोल गरेका थिए । फ्रेन्ड्सले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्कायो । कर्नरमा रिबाउन्ड आएको बललाई प्रेजेन तामाङले पेनाल्टी क्षेत्रबाहिरबाट गोलमा परिणत गरेका थिए ।
संकटाले दोस्रो हाफको ५४ औं मिनेटमा पुन: अग्रता कायम गर्यो । लक्ष्मण रुचालको कर्नरमा डिफेन्डर अर्नेस्ट टाम्पीले गोल गर्दै संकटालाई अगाडी बढाए । त्यसको तीन मिनेटमा नै संकटाले अर्को गोल गर्यो । सेड्रिक अबाले दिएको छोटो कर्नरमा लक्ष्मणको क्रसलाई दिपेश आले मगरले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा गोल गरे ।
यस जितसँगै संकटाले ९ खेलमा ८ जित र १ हारसँगै २४ अंक जोडेको छ । संकटा र मनाङकोअंक बराबर भएपनि गोलअन्तरमा मनाङ अगाडी रहेको छ ।
अंक तालिका :
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]