default_image

9 years ago

April 2, 2016

सपोर्टर्स क्लबहरुद्वारा रुशलको सम्झनामा विविध कार्यक्रम सम्पन्न

131 views

0 Bookmark

अमेरिकामा १३ दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाली युवा रुशल श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै  चेल्सी नेपालको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ |

Club Tribute

नेपालमा रहेका प्रिमिएर लिग र नेपाली लिगका समर्थकहरुको विभिन्न समुहले आज १३औं दिनको पुण्यतिथिमा उनलाई सम्झिएका थिए | चेल्सी नेपालका सदस्य समेत रहेका रुशल अमेरिका जानु अघि विविध कार्यक्रममा सहभागी हुने गर्दथे | वैशाख १२ गते गएको भूकम्पमा परेकाहरुका लागि आयोजना गरिएको राहत वितरण कार्यक्रममा पनि रुशलले सहभागिता जनाएका थिए |

दुइ चरणमा गरिएको कार्यक्रममा पहिलो चरणमा रुशलको स्मृतिमा योजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता रहेको थियो भने दोश्रो चरणमा रुशलको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलनको कार्यक्रम रहेको थियो |

सपोर्टर्स क्लबहरुको समुहले यस अघि पनि यस्ता सामाजिक कार्य गर्दै आएको छ | विगतमा अनाथालयक निम्ति एकदिने च्यारिटीका साथै भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको थियो |

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.