default_image

6 years ago

December 17, 2018

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

70 views

0 Bookmark

लेभान्टे (एजेन्सी) – कप्तान लियोनेल मेस्सीको  ह्याट्रिक प्रेरित खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि शानदार जित निकालेको छ ।


आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको लेभान्टेलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । मेस्सीले ह्याट्रिक पुरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले समान १ गोल गरे । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक हो ।

लेभान्टेको मैदानमा बार्सिलोनाले खेलको ३५औं मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ४३औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल गर्न सफल भयो । ४७औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को आरामदायी स्थितिमा ल्याए । ६०औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोना खेलमा ४–० को बलियो पकड बनायो ।

७६औं मिनेटमा लेभान्टेका इरिक काबाकाले रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । ८८औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको सेभिल्ला र एट्लेटिको मड्रिडसँग स्पष्ट ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १६ खेलबाट ३४ अंक पुगेको छ ।

सेभिल्ला र एट्लेटिकोको समान खेलबाटै ३१ अंक रहँदा रियल मड्रिड २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । लेभोन्टे २२ अंक जोडेर आठौं स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा सेभिल्लाले जिरोनालाई २–० ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको थियो । सेभिल्लाको जितमा इभर बनेगा र पाब्लो सारावियाले गोल गरे ।

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

March 12, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]

March 12, 2025

सरस्वतीको सुखद सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]

Success

Thank you for your time.