6 years ago
December 16, 2018
इलाम (हाम्रो खेलकुद) – इलाममा वर्षेनी आयोजना हुदै आएको माइभ्याली गोल्डकपको पाँचौ संस्करण स्थगित भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले आइतबार पत्रकार सम्मेलन गरेर सेनाको असहयोगका कारण प्रतियोगिता गराउन नसकिने जानकारी गराउदै प्रतियोगिता स्थगित गरिनु परेको बताएकोछ ।
प्रतियागिता हुदै आएको सदरमुकामस्थित ठूलो टुँडिखेलमा नेपाली सेनाले काँडेतारले तारबार गरेपछि आगामी फागुनमा सञ्चालन गर्न लागिएको माइभ्याली गोल्डकप सञ्चालन गर्न नसकिने माइभ्याली फुटबल क्लवका अध्यक्ष धिरेन चेम्जोङले बताएका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी माइभ्याली गोल्डकपको यो संस्करणलाई आफ्नो क्यालेन्डरमा फागुन २३ गतेदेखि चैत २ गतेसम्म गर्ने गरी स्वीकृति दिएकोे थियो । एन्फाले आयोजक माइभ्यालीलाई तोकिएको समयमा प्रतियोगिता सम्पन्न गराउन निर्देशन समेत दिइसकेको छ ।
खेलमैदान संरक्षण गर्न सहकार्य गर्न र तारबार नगर्न सेना प्रमुखसँग पटक–पटक आग्रह गर्दा तारबार नगर्ने आश्वासन दिएपनि त्यस विपरित कार्य भइरहेको भन्दै खेल खेलाउन नसकिने एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले बताए ।
माइभ्याली गोल्डकप ‘ए’ डिभिजनका फुटबल क्लबले खेल्दै आएको पूर्वी पहाडको ठूलो प्रतियोगिता हो । एन्फाले पनि यो वर्ष मोफसलको प्रतियोगिता गर्ने मध्ये आयोजक माइभ्यालीलाई देशभरको उत्कृष्ट तीनमा राखेको थियो ।
राणाकाल देखिनै खेल मैदानका रूपमा प्रयोग भइरहेको यो टुडिखेललाई नेपाली सेनाले आफ्नो स्वामित्तमा रहेको भन्दै सर्वसाधारणलाई प्रवेशमै रोक लगाउनुले जिल्लाकै खेल क्षेत्रलाई पाखा लगाएको गुनासो रहेको छ । ‘खेल मैदानलाई नरम बनाउन दुबो रोपेर खेल्न योग्य बनाएपनि अहिले सेनाले कब्जा जमाएपछि खेल खेलाउन पनि नसकिने गरि खेलमैदान बिग्रिएको छ ।
इलामस्थित पशुपति प्रसाद गणका प्रमुख असिमद्धीप गुरूङले तारबार गरेर अझ खेलमैदानको संरक्षण गरेको बताए । ‘हामीले कुनै पनि प्रतियोगिता रोक्ने काम गर्न खोजेका छैनौं, अझ एक हजार वाटको २४ वटा वत्ती राख्ने तयारी गर्दैछौं’ गुरूङले भने ‘माथिबाटै आफ्ना जमिनको सुरक्षा गर्न निर्देशन भए अनुसार यहाँ काम गरिएको हो, अब तारबार हटाउन माथिबाटै स्वीकृत लिनुपर्छ ।’ तर, प्रतियोगितानै रोक्ने भन्ने नभएको गुरूङको भनाइ छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]