6 years ago
December 16, 2018
वेम्वली (एजेन्सी) – क्रिस्टियन इरिक्सनले इन्ज्युरी समयमा गोल गरेपछि टोटेनहम हस्टपरले बर्नलीलाई १–० ले पराजित गरेको छ ।
घरेलु मैदान वेम्वली स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ धकेलिएपनि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इरिक्सनले गोल गर्दै टोटेनहमलाई महत्वपुर्ण ३ अंक दिलाए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका इरिक्सनले ह्यारी केनको पासलाई गोलमा परिणत गरेको थिए । त्यअघि पनि टोटेनहमले गोल गर्ने आर्धा दर्जन मौका गुमाएको थियो ।
जितपछि टोटेनहम ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । पराजित बर्नली १२ अंक जोडेर १७ औं स्थानमा छ ।
प्रिमियर लिगको अन्य खेलको नतिजाहरु:
म्यानचेस्टर सिटी विरुद्ध एभर्टन (३–१)
क्रिस्टल प्यालेस विरुद्ध लेस्टर सिटी (१–०)
हडर्सफिल्ड विरुद्ध न्यु क्यासल (०–१)
वाटफोर्ड विरुद्ध कार्डिफ (३–२)
वल्भ्स विरुद्ध बोर्नमाउथ (२–०)
फुलहम विरुद्ध वेस्टह्याम (०–२)
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]