default_image

6 years ago

December 16, 2018

रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी

68 views

0 Bookmark

टोरिनो (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा टोरिनोलाई १–० ले पराजित गरेको छ ।


प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । टोरिनोको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो ।

सिमोन जाजाको ब्याकपासमा अर्मान्डो इजोले छोडेको बलमा टोरिनोका गोलरक्षकले मारियो मान्जुकिचलाई लडाएपछि युभेले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस १–० ले विजयी हुन सफल भयो ।

जितपछि युभेन्टसले आफ्नो शीर्षतामा थप पकड बनाएको छ । युभेन्टसको १६ खेलबाट ४६ अंक पुगेको छ । उसले दोस्रो स्थानको एसएससी नेपोलीमाथि ११ अंकको अग्रता बनाएको छ । नेपोलीले एक खेल कम खेलेको छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.