6 years ago
December 16, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो ।
यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । शीर्ष दुईमा रहेको बार्सिलोना र एट्लेटिकोको ३१ अंक छ । यद्दपि बार्सिलोनाले एक खेल कम खेलेको छ ।
घरेलु मैदान सान्टियोगो बर्नबेउमामा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । बेन्जेमाले खेलको १३औं मिनेटमा लुकास भास्क्वेजको पासलाई गोलमा परिणत गरेका थिए ।
३६औं मिनेटमा टोनी क्रुसको प्रहार पोस्टमा लागेर फर्किएको थियो । ५०औं मिनेटमा मार्काे एसेन्सियोको प्रहार रायो भालेकानोका गोलरक्षकले बचाएको थियो । इन्ज्युरी समयमा भालेकानोले बराबरी गर्ने मौका गुमाएको थियो ।
इमिलियानो भालाक्वेजको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा रियलले १–० को जित निकाल्न सफल भयो ।
शनिबार राति नै भएको अर्काे खेलमा एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमनले २ तथा निकोला कालिनिक एक गोल गरे । रियल भालाडोलिडका फर्नान्डो कालेरोले गोल गर्दा एक गोल उपहार पाएको थियो । सउल निग्वेजले आत्मघाती गोल गरेका थिए ।
जितपछि एट्लेटिकोले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ । दुवै टोलीको ३१ अंक छ । यद्दपि बार्सिलोनाले एक खेल कम खेलेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]