default_image

6 years ago

December 25, 2018

‘स्कीलको आधारमा मेसी र रोनाल्डोलाई मात्र अवार्ड दिए हुन्छ’ !

79 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– ब्यालोन डी ओर विजेता रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड समारोहमा लियोन मेसी र क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेमा गुनासो गरेका छन् । डिसेम्बरको सुरुवातमा भएको अवार्डमा संयुक्त रुपमा १० पटकका विजेता रोनाल्डो र मेसी उपस्थित भएका थिएनन् ।

सन् २००७ पछि गत वर्ष सम्म रोनाल्डो र मेस्सीले मात्र ब्यालोन डी ओर जितेका थिए । विजेता खेलाडीका लागि मेसी र रोनाल्डोको अनुपस्थितिलाई मोड्रिचले अनुचित रहेको बताएका छन् । सो समारोहमा केलिएन एमबाप्पलेले कोपा ट्रफी र आडा हेगेरब्रेगले महिला ब्यालोन डी ओरतर्फको अवार्ड जितेका थिए ।

‘अवार्डको को किन आउँदैन म त्यस बारेमा केहि भन्नन सक्दिन । किनकी त्यो व्यक्तिको इच्छाको कुरा हो ,’ मोड्रिचले भने, ‘कोहि उपस्थित हुनु नहुनुले मलाई खास फरक पर्ने होइन ।’

मेसी र रोनाल्डो प्रति संकेत गर्दै उनले भनेका छन्, ‘उनीहरुले जित्दा अन्य खेलाडी अवार्डमा उपस्थित हुँदा उनीहरुलाई राम्रो लाग्थ्यो होला भन्ने मलाई लाग्छ । त्यस्तो नहुला अन्य खेलाडीका लागि सहि भएन । पछिल्लो एक दशक उनीहरुका समर्थन गर्ने, मतदान गर्ने वा अन्यलाई ठिक लाग्दैन । सबैले विनम्र हुनुपर्दछ । ‘

मेसीले बालोन डी ओरका लागि आफुलाई मत दिएको उल्लेख गर्दै रोनाल्डो अझै पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । तर मोड्रिचले उनीहरु दुवै यो वर्ष अवार्डको हकदार नभएको विचार राखेका छन् । ‘मेसी र रोनाल्डो विश्वका उत्कृष्ट खेलाडी हुन् । पछिल्लो एक दशक उनीहरुले नै फुटबलमा दबदबा बनाएका छन्,’ उनले भने, ‘उनीहरु अरु भन्दा निकै माथि छन् । तर यो सिजनका आधारमा दिइने मत हो । ‘

उनले खेलाडी, प्रशिक्षक, महान खेलाडी, पत्रकार र समर्थकले वर्षको प्रदर्शनका आधारमा मत दिने स्मरण गराए । ‘कि त यो प्रक्रिया सबै गलत हुनु पर्यो ,’ उनले थपे,’ स्कीलका आधारमा मात्र यो अवार्ड दिने हो भने यो प्रक्रिया रद्द गरेर सबै अवार्ड मेसी र रोनाल्डोलाई दिँदा हुन्छ ।’

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.