default_image

6 years ago

December 15, 2018

दस खेलाडीमा सिमित च्यासलको जित

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शनिबारको पहिलो खेलमा च्यासल युथ क्लबले जित हासिल गरेको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २–० ले हराएको छ ।

दोस्रो हाफमा सन्तबहादुर गुरुङ र सन्जोक राईले गरेका गोलमा च्यासल विजयी भएको थियो । जितसँगै च्यासल अंकतालिकाको छैटौं स्थानमा स्थानमा उक्लेको छ । च्यासलको १३ अंक पुगेको छ । सन्तले ६५ औं मिनेटमा गोल गर्दै च्यासललाई अघि बढाएका थिए । छिरिङ गुरुङको कर्नरमा सन्तले हेडमार्फत गोलग रेका थिए ।

खेल सकिन ८ मिनेट बाँकी रहँदा सन्जोकले टोलीका लागि दोस्रो गोल गरेका थिए । सन्तोष साहुखलले दिएको पासमा अनमार्क सन्जोकले सहजै गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा च्यासलका सन्तको प्रहार बिममा लागेर फर्केपछि गोलअन्तर बढ्न पाएन । च्यासलले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो ।

८५ औं मिनेटमा दोहोरो पहेलो कार्डपछि रातो कार्डको दर्शन गर्दै सन्तोष साहुखल मैदान बाहिएका थिए । सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब २४ अंकका साथ शीर्षस्थानमा रहेको थियो । दोस्रो स्थानमा रहेको सिएमजी क्लब संकटाको २१, रुस्लान थ्री स्टार क्लबको २१, त्रिभुवन आर्मी क्ल्बको १७, नेपाल पुलिस क्लबको १४ अंक छ । आठौं चरणको अन्तिम खेलमा आज रुस्लान थ्री स्टार क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.