6 years ago
December 15, 2018
एजेन्सी – इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् ।
२६ वर्षीय सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडियो माने र घानाका थोमस पार्टीलाई पछि पार्दै लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबल घोषित भएका हुन् । सलाहले मतका आधारमा चार खेलाडीलाई पछि पारेको हो ।
बीबीसी अफ्रिकन फुटबलर अवार्ड बेलायती सञ्चार संस्था (बीबीसी)ले हरेक वर्ष प्रदान गर्दै आएको छ । मनोनयनमा परेका खेलाडीबाट अन्तिम चरणका लागि पाँच खेलाडीको छनौट अफ्रिकी फुटबलका विशेषज्ञको प्यानलले गरेका थिए । गएको सिजन सालहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गरेका थिए ।
बीबीसी अफ्रिकन फुटबलर अवार्डको अहिलेसम्मका विजेताहरु
२०१७– मोहम्मद सलाह (लिभरपुल/इजिप्ट)
२०१६ – रियाद महारेज (लेस्टर सिटी/अल्जेरिया)
२०१५– याया टाउरे (म्यानचेस्टर सिटी/आइभोरीकोस्ट)
२०१४– यासिन ब्राहिमी (पोर्टाे/अल्जेरिया)
२०१३– याया टाउरे (म्यानचेस्टर सिटी/आइभोरीकोस्ट)
२०१२– क्रिस काटोङ्गो (हेनन कन्सट्रक्सन/जाम्विया
२०११– एन्ड्रि एयु (मार्सेली/घाना)
२०१० – आसामोह जियान (सन्डरल्यान्ड/घाना)
२००९ – डिड्रियर ड्रोग्वा (चेल्सी/आइभोरीकोस्ट)
२००८ – मोहम्मद अवउट्रिका (अल हेली/इजिप्ट)
२००७ – इमान्युयल एडेवायर (आर्सनल/टोगो)
२००६ – मिचेल इसेन (चेल्सी/घाना)
२००५ – मोहम्मद बाराकात (अल हेली/इजिप्ट)
२००४ –जय–जय ओकोचा (बोल्टन/नाइजेरिया)
२००३ –जय–जय ओकोचा (बोल्टन/नाइजेरिया)
२००२ – अल हाड्जी डियुफ (लिभरपुल÷सेनेगल)
२००१ – सामी कुफोर (बायर्न म्युनिख/घाना)
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]