default_image

6 years ago

December 15, 2018

मनाङलाई दबाबमा राख्न थ्री स्टारलाई जित आवश्यक

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणका अन्तिम दुई खेल शनिबार हुँदैछन् । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

पहिलो खेलमा च्यासल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । क्लबले विदेशी फरवार्ड एल्भिसलाई पनि क्लबमा सामेल गरेको छ । यद्यपी उनको कागजी प्रक्रिया पूरा नहुँदा नखेल्ने सम्भावना छ । सन्तोष साहुखल र पछिल्लो खेलमा २ गोल गरेका सन्त बहादुर गुरुङले अग्रपंक्ति सम्हाल्ने छन् । ब्रिगेड ब्वाइज भने लिगमा दोस्रो जितको खोजीमा छ ।

दोस्रो खेल लिग उपाधिको दौडमा रहेको रुस्लान थ्री स्टार र मछिन्द्र क्लबबीच हुनेछ । मछिन्द्रले हालसम्म लिगमा एक गोल पनि गर्न सकेको छैन । सुरुवाती दुई खेलमा च्यासल र पुलिसलाई गोलरहित बराबरीमा रोकेको मछिन्द्रले त्यसयता एक खेल बराबरी खेलेको छ ।

थ्री स्टारले पछिल्लो समय लगातार जित दर्ता गर्दै आइरहेको छ । तेस्रो चरणमा मनाङसँग पराजित भएयता ललितपुरे क्लबले लगातार ४ जित दर्ता गरिसकेको छ । शीर्ष स्थानमा मनाङलाई दबाबमा राख्न टोलीले जित हासिल गर्नेपर्ने अवस्था छ । ७ खेलमा १८ अंक जोडेको थ्री स्टार संकटा भन्दा ३ अंक र मनाङभन्दा ६ अंक पछाडी छ । यद्यपी अगाडिका क्लबले १ खेल बढी खेलेका छन् । थ्री स्टारले जित दर्ता गरे संकटासँग बराबरी हुनेछ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.