default_image

6 years ago

December 14, 2018

च्याम्पियन्स लिगमा स्पेनिस टोलीलाई कठिन ड्र पर्ने सम्भावना

82 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सोमबार अन्तिम १६ को ड्र हुँदैछ । उक्त ड्र मा स्पेनी टोलीलाई भने केहि कठिन ड्र पर्ने सम्भावना प्रबल रहेको छ ।

रियल म्याड्रिड र बार्सिलोना समूह विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेका हुन् । तर अन्य समूहमा इंग्लिस टोलीहरु समूह उपविजेता बन्दै अगाडी बढेपछि यी टोलीलाई कठिन ड्र पर्ने सम्भावना बढेको हो । यता एटलेटिको भने समूह उपविजेता बनेसँगै युरोपका ठूला टोलीविरुद्ध खेल्नुपर्ने सम्भावना बढेको छ ।

स्पेनी टोलीको अवस्था कस्तो छ त ?

बार्सिलोना (स्पेन)

यूईएफए वरीयता : ३

सम्भावित प्रतिद्वन्द्वी : आयक्स, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, रोमा, साल्का

सर्वाधिक गोलकर्ता : लिओनेल मेसी (६ गोल)

पछिल्लो सिजन : क्वाटरफाइनल

रियल म्याड्रिड (स्पेन, साविक विजेता)

यूईएफए वरीयता : १

सम्भावित प्रतिद्वन्द्वी : आयाक्स, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, साल्का, टोटेनहम

सर्वाधिक गोलकर्ता : ग्यारेथ बेल, करीम बेन्जेमा (३ गोल)

पछिल्लो सिजन : विजेता

एटलेटिको म्याड्रिड (स्पेन)

यूईएफए वरीयता : ४

सम्भावित प्रतिद्वन्द्वी : बायर्न म्युनिख, युभेन्ट्स, म्यानचेस्टर सिटी, पीएसजी, पोर्टो

सर्वाधिक गोलकर्ता : एन्टोइन ग्रिज्मन (४ गोल)

पछिल्लो सिजन : युरोपा लिग विजेता

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.