6 years ago
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको छ । विशाल राईको पहिलो हाफको गोलमा मनाङले १-० को जित दर्ता गरेको हो ।
मनाङका लागि विशाल राईले ३१ औं मिनेटमा गोल गरेका हुन् । हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि रेफ्रीले एडभान्टेज दिएपछि आडेलाजा सोमिडेको पासमा विशालले गोल गरेका हुन् ।
पहिलो हाफको अन्तिम मिनेटमा जर्जप्रिन्स कार्कीको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले विफल तुल्याए । लगत्तै ओलावाले आफिजले वन भर्सेस वनको अवसर सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफमा आर्मीले दबाब बनाएपनि गोल गर्न सकेन । ५३ औं मिनेटमा जर्जप्रिन्स कार्कीको प्रहार बाहिरियो । लगत्तै जितेन्द्र कार्कीले पनि अवसर सदुपयोग गर्न सकेनन् । ५८ औं मिनेटमा भारतको क्रसमा नवयुगको हेडरले पोस्टको दिशा लिन सकेनन् ।
७६ औं मिनेटमा मनाङले अग्रता दोब्बर गर्ने अवसर गुमायो । भिक्टरको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । ८० औं मिनेटमा विकास खवासको प्रहार पनि पोस्टभन्दा थोरै बाहिर गयो ।
यस जितसँगै मनाङले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम नै गरेको छ । मनाङले लगातार आठौं जित दर्ता गर्दै २४ अंक जोडेको छ । आर्मी भने ८ खेलमा ५ जित, २ बराबरी र १ हारसँगै १७ अंकमा नै सिमित छ । आर्मी अंक तालिकाको चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको संकटाको २१ अंक छ भने रुस्लान थ्री स्टार १८ अंकमा छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]