default_image

6 years ago

December 14, 2018

फ्रेन्ड्समाथि पुलिसको पाँच गोल

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित दर्ता गरेको छ । आठौं चरणअन्तर्गत शुक्रबार भएको खेलमा पुलिसले फ्रेन्सड् क्लबमाथि ५–० को फराकिलो जित हासिल गरेको छ । जारी लिगमा यो फराकिलो अन्तरको हार जित हो । 

यसअघिको फराकिलो हार जितमा त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटा र रुस्लान थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबले समान ५–१ ले हराएको थियो ।

पुलिसको जितमा अभिषेक रिजाल, रवि पासवान, भरत शाह , तेज तामाङ र नीरकुमार राईले गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  चौथो मिनेटमा रविको क्रसमा अभिषेकले अग्रता लिएका थिए । रविले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

हेम तामाङको पासमा रविले गोल गरेका थिए । भरतले ५९ औं र तेजले ६२ औं मिनेटमा गोल गरेका थिए । नीरकुमार राईले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल थपेका थिए । आठौं खेलमा पुलिसको यो चौथो जित हो । टोलीले दुई खेलमा बराबरी र २ खेलमा हार बेहोरेको छ ।

पुलिसका रवि खेलको म्यान अफ दी म्याच घोषित भए । आठौं खेलमा फ्रेन्डस्को यो छैटौं हार हो । एक खेल जितेको फ्रेन्ड्सले दुई खेलमा बराबरी खेलको छ । लिगमा आज बलिया दुई टोली सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्ध हुनेछ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.