9 years ago
March 31, 2016
काठमाडौं – सञ्चारकर्मीको टोलीले बुधबार मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीको टोलीलाई ३–२ ले पराजित गरेको छ ।
नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण खेलमा सञ्चारकर्मीको टोलीलाई जित दिलाउन कान्तिपुर दैनिकका सुन्दर खनालले ह्याट्रिक गरेका थिए ।
२–० ले पछाडी पर्नाका वावजुद राजनीतिकर्मीको टोलीले २–२ को बराबरीमा ल्याएको थियो । तर, अन्तिममा सम्हालिन नसक्दा पराजय भोग्नु परेको थियो ।
सुदीप बुढाथोकीको आत्मघाती गोल र जीवन केसीको गोलबाट सञ्चारकर्मीको गोलले खेलमा बराबरी गरेको थियो । तर खेलको अन्तिम मिनेटमा सुन्दरले विजयी गोलसहित ह्याट्रिक गरेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टको नेतृत्वमा रहेको सञ्चारकर्मीको टोली विजयी भएको थियो ।
सुचना तथा सञ्चारमन्त्री शेरधन राईको कप्तानीमा रहेको राजनीतिकर्मीको टोलीमा गृहमन्त्री शक्ति बस्नेत, सांसद गगन थापा, रामहरी खतिवडा, विशाल भट्टराई, कांगे्रेस नेता गुरु घिमिरे, प्रदीप पौडेल, एकिकृत माओवादीकी धर्मशिला चापागाई नयाँ शक्तिका गंगा श्रेष्ठ थिए । त्यस्तै एमाले नेता जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, माधव ढुंगेल, युवा संघ अध्यक्ष राजीव पहारी, महासचिव किरण पौडेल, अखिल अध्यक्ष नविना लामालगायतले पनि राजनीतिकर्मीको टोलीबाट खेलेका थिए ।
सञ्चारकर्मीको टोलीमा उजिर मगर, प्रभात चलाउने, दीलिप थापामगर, हरिबल्ला नेपाल, रामहरी सिलवाल, सुदीप बुढाथोकी, निशान राई, दील तामाङलगायत थिए । सञ्चारमन्त्री राईले मैत्रीपूर्ण खेलले आपसी सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । महासंघका अध्यक्ष विष्टले स्थापना दिवसको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]