default_image

6 years ago

December 14, 2018

मिलान युरोपा लिगको समूह चरणबाटै बाहिरियो

74 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलान ओलम्पियाकोससँग हार बेहोरेको छ । मिलानले ग्रीसको ओलम्पियाकोससँग ३–१ को हार बेहोरेको हो । यससँगै मिलान युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ ।

ओलम्पियाकोसको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सबै चारै गोल नै दोस्रो हाफमा सम्भव भएको थियो । ६०औं मिनेटमा पापे अवाउ सेसेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा क्रिस्टियन जापाटाले गोल गरेपछि घरेलु टोलीले खेलमा २–० को अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै क्रिस्टियन जापाटाले गोल गर्दै मिलानलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, ८१औं मिनेटमा कोन्साटिनसले गोल गर्दै ओलम्पियाकोसलाई ३–१ को जित दिलाए । जितपछि ओलम्पियाकोस समूह ‘एफ’ बाट उपविजेताको रुपमा अर्काे चरणमा पुग्न सफल भयो ।

ओलम्पियाकोससँगको हारपछि मिलान अर्काे चरणमा पुग्न असफल बन्यो । मिलान हेड टु हेडमा ओलम्पियाकोससँग पछि पर्यो । ओलम्पियाकोसक र मिलानको समान १० अंक रहेको थियो ।

यो समूहबाट स्पेनिस क्लब रियल बेटिस समूह विजेताको रुपमा अर्काे चरणमा पुग्न सफल भयो । बेटिसले डुडेलांगेसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.