default_image

6 years ago

December 14, 2018

चेल्सी कमजोर भिडी एफसीसँग रोकियो

90 views

0 Bookmark

बुढापेस्ट (एजेन्सी) – इंग्लिस क्लब चेल्सी युइएफए युरोपा लिग फुटबलमा हंगेरीको भिडी एफसीसँग बराबरीमा रोकिएको छ । चेल्सी भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।


भिडीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । ३०औं मिनेटमा विलियनको गोल मद्दतमा चेल्सीले खेलमा १–० को अग्रता बनाएको थियो । तर, त्यसको २ मिनेटपछि चेल्सीका इथान अमपाडुले आत्मघाती गोल गरेपछि भिडी खेलमा फर्किएको थियो ।

कर्नरबाट आएको बलमा रोलान्ड जुहास्जको वान टच फ्लिक प्रहार चेल्सीका इथान अमपाडुलाई लाग्दै गोलमा परिणत भएको थियो । ५६औं मिनेटमा लोइक नेगोले गोल गरेपछि चेल्सी खेलमा २–१ ले पछि परेको थियो । काउन्टर एट्याकमा जर्जी मिलानोभले उपलब्ध गराएको पासलाई लोइकले भली प्रहारमा गोल गरे ।

७५औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओलिभर जिरुडले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको चेल्सी समुह ‘एल’ बाट समुह विजेता बन्यो । समुहमा एक खेलमा हार बेहोरेको चेल्सीले १६ अंक जोड्यो । ७ अंक जोडेको भिडी समूह चरणबाटै बाहिरियो ।

यही समूहको अर्काे खेलमा बेट बोरिसोभले पाओक फुटबल क्लबमाथि ३–१ को जित निकाल्दै समुह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । बोरिसोभको जितमा निकोलाए सिङभिचले २ तथा माकिसमले एक गोल गरे । पाओकका एलेक्ससन्डर प्रिजोभिकले सान्त्वना गोल गरे ।

जितपछि बोरिसोभको ६ खेलबाट ९ अंक जोड्यो । पाओक ३ अंक जोडेर पुछारमा रह्यो ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.