6 years ago
December 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटाले शीर्ष स्थानमा रहेको सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ । लिग अन्तरगत बिहिबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै मनाङसँग अंक बराबरी गरेको हो ।
यद्दपि मनाङले एक खेल कम खेलेको छ । संकटाको ८ खेलबाट २१ अंक पुगेको छ । अपराजित रहेको मनाङको ७ खेलबाट २१ अंक छ । बिहिबार संकटालाई जिताउन सेडरिक अबा र दिपेश आलेमगरले गोल गरे ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा भएको खेलमा संकटाले पहिलो हाफको ३ मिनेटको अन्तरमा २ गोल गरेको थियो । ११औं मिनेटमा सेडरिक अवाले मैदानको मध्यभागबाट एक्लैले बल अघि बढाउदै दुई रक्षकलाई बिट गर्दै गोल गरेका थिए ।
त्यसको तीन मिनेटपछि अमित तामाङको क्रस पासमा शेर्पाका डिफेन्डर निरज बस्नेतको कमजोर डिफेन्सको फाइदा दिपेश आलेमगरले सिक्स यार्ड बकसबाट गोल गरेका थिए । २ गोलले पछि परेपछि शेर्पाले संकटालाई दवावमा राखेको थियो । २५औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरेका बचाएका थिए ।
दोस्रो हाफमा पनि शेर्पाले संकटामाथि लगातार दवाव सिर्जना गर्यो । यता संकटाले अग्रता जोगाइराख्न सफल भयो । ५५औं मिनेटमा विश्वासकै फ्रिकिक गोलरक्षकले पञ्च गरेर बचाएका थिए । ७३औं मिनेटमा विश्वासकै फ्रिकिकलाई गोलरक्षकले बचाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा संकटा २–० ले विजयी हुन सफल भयो ।
संकटासँगको हारपछि शेर्पाको शेर्पाको ८ खेलबाट ११ अंक रहेको छ । शेर्पा छैटौ स्थानमा छ । संकटाका टम्पी अर्नेस्ट खेलको म्यान अफ दि म्याच भए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]