6 years ago
December 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार सरस्वती युथ क्लबले न्यूरोड टिम (एनआरटी) लाई १–० ले हराएको छ । लिगमा सरस्वतीको तेस्रो जित हो । एनआरटी भने लगातार सातौं हार बेहोर्न बाध्य भएको छ ।
पहिलो खेलमा बराबरी गरेको एनआरटीले भने त्यसयताका सात खेलमा लगातार हार बेहारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भिक्टोर एमओबीको गोलमा सरस्वीतले जित हासिल गरेको हो ।
उनले ७१ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । सरस्वतीका डिफेन्डर राज शाही म्यान अफ दि म्याच चुनिए । सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको सरस्वती नवौं स्थानमा छ । १ अंक मात्र जोड्न सकेको एनआरटी अंक तालिकाको पुछारमा छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]