6 years ago
December 13, 2018
इतिहाद (एजेन्सी) – लिरोए सानेको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब टीएसजी होफेनहाइनलाई २–१ ले पराजित गरेको छ ।
सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटी खेलको १६औं मिनेटमा पछि परेको थियो । सिटीका लापोर्टेले विपक्षी खेलाडीलाई बक्समा फउल गरेपछि पाहुना टोलीले पेनाल्टीमा गोल गर्दै खेलमा १–० को अग्रता बनाएको थियो । एन्ड्रिज क्रामारिकले गोल गरे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लिरोए सानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सानेले फ्रिकिकमार्फत सुन्दर गोल गरेका थिए । ६१औं मिनेटमा सानेले रहिम स्ट्रलिङको पासलाई गाृलमा परिणत गर्दै खेलमा सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि सिटीले टीएसजीको पोस्टमा पटक–पटक आक्रमण बुनेपनि टीएसजीका गोलरक्षक बाधक बन्दा थप गोल हुन सकेन ।
यसअघि नै नकआउट चरणमा पुगिसकेको सिटीले समूह ‘एफ’ मा १३ अंक जोड्दै शीर्ष स्थानमा रह्यो् । टीएसजी ३ अंक जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा लियोन र साख्तर डोनेक्सले १–१ गोलको बराबरी खेले । बराबरी पछि लियो समूह उपविजेताको रुपमा अघि बढ्यो । साख्तर ६ अंकसहित तेस्रो स्थानमा रह्यो ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]