default_image

6 years ago

December 13, 2018

रोनाल्डो सम्मिलित युभेन्टस कमजोर योङ ब्वाइजसँग पराजित

94 views

0 Bookmark

वर्न (एजेन्सी) – सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस तुलनात्मक रुपमा कमजोर मानिएको स्वीस क्लब योङ ब्वाइजसँग पराजित भएको छ । योङ ब्वाइजले युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।


योङ ब्वाइजको घरेलु मैदामा बुधबार राति भएको खेलमा युभेन्टसलाई पराजित गर्द गुइलाउमीले २ गोल गरे । युभेन्टसका पाउलो डिब्यालाले एक गोल फर्काए । घरेलु टोलीले खेलको ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

युभेन्टसका एलेक्स सान्द्रोले योङ ब्वाइजका नागामालेउलाई डि–बक्समा फउल गरेपछि रेफ्रीले योङ ब्वाइजलाई पेनाल्टीको मौका दिएको थियो । जसमा गुइलाउमीले सहजै गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको योङ ब्वाइजले ६८औं मिनेटमा अग्रता दोब्बर पार्यो । यसपटक नागामलेउको पासमा गुइलाउमीले गोल गरे ।

८०औं मिनेटमा पाउलो डिब्यालाले रोनाल्डोको पासलाई सदुपयोग गर्दै एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा योङ ब्वाइज २–१ ले विजयी हुन सफल भयो ।

योङ ब्वाइजसँगको हारपछि पनि युभेन्टस समूह ‘एच’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ । योङ ब्वाइज ४ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब भ्यालेन्सियासँग २–१ ले पराजित भयो । पराजित भएपनि म्यानचेस्टर युनाइटेड समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

भ्यालेन्सियाको जितमा कार्लाेस सोलरले गोल गरे । एक गोल उपहार पाएको थियो । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.