default_image

6 years ago

December 13, 2018

रियलको घरेलु मैदानमै मस्कोसँग लज्जास्पद हार

76 views

0 Bookmark

मड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा रसियन क्लब सिएसकेए मस्कोसँग स्तब्ध बनेको छ । रियल मस्कोसँग घरेलु मैदानमा ३–० ले स्तब्ध बनेको हो ।


मस्कोसँगको हारले पनि रियल समूह ‘जी’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । मस्को भने प्रतियोगिताबाट बाहिरिसकेको थियो । रियलले ६ खेलबाट १२ अंक जोड्न सफल भयो । मस्कोले ७ अंक जोड्यो ।

च्याम्पियन्स लिग फुटबलमा रियलले घरेलु मैदानमा पहिलो पटक फराकिलो हार बेहोर्यो । यस्तै रियलले सन् २००८ पछि पहिलोपटक होम र अवे खेलमा पराजित हुन पुग्यो । सन् २००८ मा रियल युभेन्टससँग दुवै खेलमा पराजित भएको थियो । रियल पहिलो लेगमा मस्कोसँग १–० ले परािजत भएको थियो ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा पाहुना टोली मस्कोले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । ३७औं मिनेटमा फेडर चालभले गोल गर्दै मस्कोलाई खेलमा अग्रता दिलाएका थिए ।

उनले अर्नर सिगुर्डसनको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा जर्जी सेचेनीकोभले मारियो फर्नान्डेजको पासललाई सदुपयोग गर्दै मस्कोलाई २–० को अग्रता दिलाएका थिए ।

त्यसअघि २४औं मिनेटमा मार्काे एसेन्सियोको प्रहार बारमा लागेर फर्कदा रियलले खेलमा अग्रता लिने मौका खेर फालेको थियो । २८औं मिनेटमा इस्को, २९ां मिनेटमा एसेन्सियो र ३०औं मिनेटमा बेन्जेमा गोल गर्न बाट चुकेको थियो ।

पहिलो हाफमा २–० ले पछि परेको रियलले बलमा नियन्त्रण गरेपनि गोल गर्न असमर्थ रह्यो । ७३औं मिनेटमा अर्नर सिगुर्डसनले गोल गर्दै रियललाई घरेलु मैदानमा ३–० को हार चखाए । रियलले मस्कोविरुद्ध १९ पोस्ट आक्रमण बुनेपनि गोल गर्न सकेनन् ।

यही समूहको अर्काे खेलमा रसियन क्लब भिक्टोरिया प्लेजेनले इटालियन क्लब रोमालाई २–१ ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा तीन गोल नै दोस्रो हाफमा सम्भव भएको थियो ।

६२औं मिनेटमा जान कोभारिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६८औं मिनेटमा रोमाका सेन्जिज अनडरले बराबरी गोल फर्काएका थिए । ७२औं मिनेटमा थोमर चोरेले गोल गर्दै भिक्टोरियालाई २–१ को जित दिलाए ।

हारपछि पनि रोमा समूहको उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.