default_image

6 years ago

December 12, 2018

अनन्तले किन लिग खेल्न पाएनन् ?

111 views

0 Bookmark

काठमाडौं (हाम्रोे खेलकुद) – पल्सर ए डिभिजन लिगका आधा भन्दा बढी खेल सकिएका छन् । बिहीबारबाट आठौं चरणका खेल सुरु हुँदैछ । तर, सात चरणको खेल सकिदा सम्म राष्ट्रिय टोलीका नियमित सदस्य अनन्त तामाङ खेलेका छैनन् । ए डिभिजन लिगमा उनले कहिले डेब्यू गर्ने अझै निश्चित छैन ।

चोट र अनफिट भएर भने उनी मैदान बाहिर रहेका भने होइनन् । उनी आफ्नै कमजोरी र अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्णय लिन नसक्दा लिगमा डेब्यू गर्नबाट बञ्चित भइरहेका छन् । नेपालका दुई चर्चित क्लब सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबाट सम्झौता गरेका कारण अनन्त अहिले आफै खेल्नबाट बञ्चित भएका हुन् ।

दुवै टोलीले अनन्तले आफ्नो क्लबबाट सम्झौता गरेको दाबी प्रस्तुत गरेपछि उनी लिग खेल्नबाट बञ्चित भएका हुन् । अनन्तले गत वर्ष भने थ्री स्टारबाट खेलेका थिए । तर गतवर्ष लिग फुटबल हुन सकेन । थ्री स्टारसँगको लिगका लागि सम्झौता हुँदा हुँदै उनले यस वर्ष लिगका लागि मनाङमा सम्झौता गरेपछि विवाद सुरु भएको थियो । एउटा खेलाडीले दुइटा क्लबबाट सम्झौता गरेमा एक वर्ष कारवाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ ।

कुनैपनि क्लबले नयाँ खेलाडी अनुबन्धन गर्दा पुरानो क्लबको रिलिज लेटर (फुकुवा गरेको प्रमाणपत्र) चाहिने गर्छ । मनाङले भने उक्त प्रमाणपत्र बिना नै अनन्तलाई अन्तरिक अनुबन्धन गरेको थियो ।

तर, न त एन्फाले उनलाई कारवाहीको निर्णय गरेको छ र न त दुई क्लबबीच सहमति जुटाउन सकेको छ । भनिन्छ, ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हो । अनन्तको विषयमा एन्फाले त्यहि भूमिका निर्वाह गरिरहेको छ । लिग सुरु भएको अढाई महिना भन्दा लामो समय बित्दा पनि एउटा खेलाडीको विषयमा एन्फा निर्णय लिनबाट चुकिरहेको छ ।

एन्फाका प्रवक्ता किरण राईले दुवै क्लबमा सम्झौता गरेकै कारण अनन्तले खेल्न नपाएको बताए । औपचारिक रुपमा क्लबहरुबाट वा खेलाडीबाट एन्फामा निवेदन परेको छैन, उनले भने, समस्या आइसकेपछि हामीले नै दुई क्लबलाई अन्तरिक रुपमा मिल्न भन्यौं । तर, त्यस्तो सहमति हुन सकेन । यस्तो अवस्था रहे उनले खेल्ने सम्भावना कम छ ।

पछिल्लो समय अनन्त राष्ट्रिय टोलीमा नियमित खेलिरहेका छन् । नेपालको रक्षापंक्तिमा उनको प्रदर्शनले नै निर्णायक भूमिका खेल्दै आएको छ । युवा उमेरमा नै उनले आफूलाई राष्ट्रिय टोलीको खम्बाको रुपमा स्थापित गरेका छन् । तर यो अवस्थामा लिग फुटबल नै नखेल्दा उनको प्रदर्शनमा पनि असर पर्न सक्छ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.