6 years ago
December 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेल बिहीबारदेखि सुरु हुँदैछ । आठौं चरणमा लिग तालिकाको शीर्ष चार स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
सातौं चरणको समाप्तिसम्म मनाङले शत प्रतिशत जित दर्ता गर्दै शीर्षस्थानमा पकड बलियो बनाएको छ । लिगका सम्पूर्ण सात खेलमा जित दर्ता गरेको मनाङको २१ अंक छ । दोस्रो स्थानमा रहेको रुस्लान थ्री स्टारको ७ खेलमा ६ जित र १ हारसहित १८ अंक छ । थ्री स्टारले तेस्रो चरणमा मनाङविरुद्ध भोगेको २-१ को हार नै अंक गुमाएको एकमात्र खेल हो ।
तेस्रो स्थानको संकटा पनि ७ खेलमा ६ जित र १ हारसहित १८ अंकमा छ । संकटालाई त्रिभुवन आर्मी क्लबले ५-१ ले हराएको थियो । चौथो स्थानमा लिगमा अझै हारको स्वाद नचाखेको आर्मी रहेको छ । आर्मीले पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) विरुद्ध २-२ को बराबरी खेलेको थियो । त्यसपछि लगातार ४ जित दर्ता गरेको आर्मी छैटौं चरणमा फ्रेन्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
लिगको पाँचौ स्थानमा नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ७ खेलमा ३ जित, २ बराबरी र २ हारसहित ११ अंक जोडेको छ । शेर्पा पुलिसको जस्तै नतिजा हात पार्दै गोल अन्तरको आधारमा छैटौं स्थानमा छ । सातौं र आठौँ स्थानमा क्रमश: भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लब रहेका छन् । दुवै टोलीले ७ खेलमा ३ जित, १ बराबरी र ३ हार बेहोरेका छन् ।
नवौं स्थानमा २ जितसहित ६ अंक जोडेको सरस्वती क्लब रहेको छ । १ जित र २ बराबरीसहित ५ अंक जोडेको फ्रेन्ड्स क्लब दशौँ स्थानमा छ । जावलाखेल युवा क्लब र ब्रिगेड ब्वाइज क्लब समान ४ अंक बोकेर क्रमश: ११ औं र १२ औं स्थानमा छन् ।
लिगमा अहिलेसम्म गोलको खाता खोल्न नसकेको मछिन्द्र क्लब पुछारबाट दोस्रो स्थानमा छ । मछिन्द्रले ३ बराबरी खेल्दै ३ अंक जोडेको छ । लिगको पहिलो खेलमा आर्मीविरुद्ध बराबरी खेलाडी अंकको खाता खोलेको एनआरटीले त्यसपछि कुनै अंक जोडेको छैन । पछिल्लो ६ खेलमा लगातार पराजय भोगेको एनआरटी १ अंक बोकेर पुछारमा रहेको छ ।
आठौं चरणको खेलहरु :
मंसिर २७ : न्यू रोड टिम विरुद्ध सरस्वती युवा क्लब – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर २७ : हिमालयन शेर्पा क्लब विरुद्ध संकटा क्लब – २:३० – एन्फा कम्प्लेक्स
मंसिर २७ : नेपाल एपीएफ क्लब विरुद्ध जावलाखेल युवा क्लब – २:३० -हल्चोक
मंसिर २८ : नेपाल पुलिस क्लब विरुद्ध फ्रेन्ड्स क्लब – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर २८ :मनाङ मर्स्याङदी क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब – २:३० – एन्फा कम्प्लेक्स
मंसिर २९ : च्यासल युवा क्लब विरुद्ध ब्रिगेड ब्वाइज क्लब – ११:०० – हल्चोक
मंसिर २९ : रुस्लान थ्री स्टार क्लब विरुद्ध मछिन्द्र क्लब – २:३० – हल्चोक
अंक तालिका :
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]