6 years ago
December 12, 2018
वर्न (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाइसकेको इटालियन क्लब युभेन्टसले आज राति स्वीस क्लब योङ ब्वाइजको मैदानमा खेल्दैछ । खेल योङ ब्वाइजको मैदान स्टेट डि स्वीसे वाङड्रफ वर्नमा नेपाली समयानुसर खेल आज राति १ः४५ बजे हुनेछ ।
क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस योङ ब्वाइजलाई उसकै मैदानमा पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । युभेन्टसको ५ खेलबाट १२ अंक रहेको छ । दोस्रो स्थानको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको समान खेलबाट १० अंक रहेको छ ।
युभेन्टसले जित निकालेको खन्डमा समूह विजेता बन्नेछ । युभेन्टस बराबरी वा पराजित भएको अवस्थामा अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले भ्यालेन्सियालाई पराजित गरे युभेन्टस उपविजेताको रुपमा अघि बढ्नेछ ।
युभेन्टससँग सुपरस्टार क्रिस्टियानो रोनाल्डो, मारियो म्यान्जुकिक, पाउलो डि ब्यालाजस्ता खेलाडीको साथ रहेको छ । उनीहरुले जुनसुकै बेला पनि खेल आफ्नो पक्षमा पार्न सक्दछ । यता, योङ ब्वाइज घरेले मैदानमा हुने खेलमा युभेन्टसलाई पराजित गर्दै लिगमा सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यही समूहको अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । खेल भ्यालेन्सियाको मैदानमा हुनेछ ।
भ्यालेन्सियाविरुद्ध जित निकालेको अवस्थामा समूह ‘जी’ को अर्काे खेलमा युभेन्टस योङ ब्वाइजसँग पराजित भएको अवस्थामा युनाइटेड समूह विजेताको रुपमा अघि बढ्नेछ । युनाइटेडको ५ खेलबाट १० अंक रहँदा शीर्षस्थानमा रहेको युभेन्टसको १२ अंक छ । भ्यालेन्सिया र योङ ब्वाइज भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
म्यानचेस्टर युनाइटेड र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेलेको थियो । यस्तोमा म्यानचेस्टर युनाइटेड भ्यालेन्सियालाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । अघिल्ला २ खेलमा शुरुवाती स्थान नपाएका पल पोग्वा टिममा फर्किएका छन् ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]