6 years ago
December 12, 2018
मड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस जाइन्ट रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति रसियन क्लब सिएसकेए मस्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४० बजे रियलको घरेलु मैदानमा हुनेछ ।
च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्थान बनाइसकेको रियल मस्कोलाई पराजित गर्दै समूहमा सुखद अन्त्य गर्न चाहन्छ । मस्को भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूहको पहिलो खेलमा रियल मस्कोसँग १–० ले स्तब्ध भएको थियो । स्पेनिस ला लिगमा खराव प्रदर्शन गरेपनि सम्हालिएको प्रर्दशन गर्दै आएको रियलले च्याम्पियन्स लिगमा भने उच्च प्रदर्शन गर्दै आएको छ ।
तर, समुहको दोस्रो खेलमा रियल मस्कोसँग स्तब्ध बनेको थियो । जुन समूह चरणमा रियलको ३८ खेलमध्ये पाँचौ हार थियो । त्यसपछिको बाँकी तीन खेलमा भने रियलले सहज जित निकालेको थियो । रियल सोही हारलाई बदला लिने लक्ष्यसहित मैदान उत्रनेछ । घरेलु टोली रियल मस्कोविरुद्ध मैदान उत्रदा चोटको पनि पिरलो हुनेछ । मिडफिल्डर टोनी क्रुस, क्यासमिरो र नाचो फर्नान्डेजले मस्को विरुद्धको खेल गुमाउनेछ । तर, रियलसँग ग्यारेथ बेल, करिम बेन्जेमा, भेनेसियस जुनियर, लुका मोड्रिच र मार्काे एसेन्सिायो जस्ता खेलाडीहरु हुनेछन् ।
यता, समूह चरणबाट बाहिरिसकेको सिएसकेए मस्को रियललाई उसकै मैदानमा पराजित गर्दै सान्त्वना जित निकाल्न चहान्छ ।
यही समूह ‘जी’ को अर्काे खेलमा एएस रोमाले रुसी क्लब भिक्टोरिया प्लेजेनसँग खेल्दैछ । रोमा दोस्रो चरणमा प्रवेश गरिसकेको छ । भने भिक्टोरिया प्लेजेन समूह चरणबाटै बाहिरिसकेको छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]