6 years ago
December 12, 2018
बियोग्राड (एजेन्सी) – अग्रपङ्तीका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेडस्टारमाथि फराकिलो जित निकालेको छ ।
पीएसजीको सर्वियन क्लब रेड स्टारलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीका मार्किनेसले गोल गर्दा रेड स्टारका मार्काे गावेजिकले एक गोल फर्काए ।
रेड स्टारको मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले १०औं मिनेटमा एडिन्सन काभनीको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले केलियन एमबाप्पेको पासलाई सदुपयोग गरे । ४०औं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पीएसजीले थप दुई गोल गर्दा एक गोल खाएको थियो । ५६औं मिनेटमा मार्काे गोवेजिकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । तर, त्यसपछि पीएसजी खेलमा फर्किदै थप दुई गोल गर्न सफल भयो ।
७४औं मिनेटमा एन्जल डि मारियाको पासलाई मार्किनोसले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–१ को जित दिलाए ।
यो जितपछि पीएसजी समूह ‘सी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । पीएसजीले समूहको ६ खेलमा ३ जित, २ बराबरीसँगै १ हार बेहोर्दै ११ अंक जोड्यो । रेड स्टार भने यसअघि नै समूह चरणबाटै बाहिरिसकेको थियो ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]