6 years ago
December 12, 2018
एनफिल्ड (एजेन्सी) – मोहम्मल सलाहको निर्णायक गोलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा लिभरपुलले नेपोलीलाई १–० ले पराजित गरेको हो । लिभरपुल समुह ‘सी’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट फ्रेन्च लिग वान कलब पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।
एनफिल्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले ३४औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता बनाएको थियो । उनले जेम्स मिल्नरको पासलाई गोलमा परिणत गरेका थिए ।
३६औं मिनेटमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले मारियो रुइजको प्रहारलाई क्लियर गर्दै सम्भावित बराबरी टारेका थिए । त्यसअघि २३औं मिनेटमा एलेसन्दर अर्नाेल्डले गोल गर्ने सुन्दर मौका खेर फालेका थिए ।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने मौका खेर फाले । ५२औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा सलाह चुकेका थिए । ६९औं मिनेटमा एलेसन्दर अर्नोल्डको प्रहार डिफ्लेक्ट हुदै गएको बललाई नेपोलीका गोलरक्षक ओस्पिनाले बचाएका थिए ।
७६औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । सलाहको प्रहार ओस्पिनाले सुन्दर बचाउ गरेका थिए । इन्ज्युरी समयमा वैकल्पिक खेलाडी मिलिकले ८ यार्डबाट गरेको शक्तिशाली प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले सुन्दर बचाउ गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा लिभर १–० ले विजयी हुन सफल भयो ।
जितपछि लिभरपुलको ६ खेलबाट ९ अंक छ । नेपोलीको पनि समान ९ अंक भएपनि लिभरपुलले नेपोलीलाई हेड टु हेडमा पछि पारेको हो ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]