6 years ago
December 12, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले बार्सिलोनालाई उसको घरेलु मैदान क्याम्प नोउमा १-१ को बराबरीमा रोक्दै युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणको यात्रा तय गरेको छ ।
समूहको सुरुवाती तीन खेलमा जम्मा १ अंक जोडेको टोटेनहमले त्यसयता लगातार दुई जित र मंगलबारको खेलमा बार्सिलोनालाई बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । समूहको अर्को खेलमा इन्टर मिलान र पीएसभीले पनि समान १-१ को बराबरी खेलेपछि टोटेनहम दोस्रो चरणमा पुगेको हो ।
ओस्मान डेम्बेलेले खेलको सातौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । तर टोटेनहमले लगातार आक्रमण गर्दै बार्सिलोनाको डिफेन्सलाई समस्यामा पारेको थियो । ह्यारी केन र ह्युङ मिन सनले पहिलो हाफमा प्राप्त अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा लुका मौराको हेडर पनि बार्सिलोना डिफेन्सले गोललाइनबाट क्लियर गरेका थिए ।
बार्सिलोनाले पनि यसबिचमा अग्रता दोब्बर पार्ने मौका गुमायो । फिलिपे कोउटिन्होले दुई पटक पोस्टमा प्रहार गर्दा डिफेन्डर काइल वाल्कर पिटर्सले कोउटिन्होको प्रहारलाई गोल हुनबाट रोके । बार्सिलोनाले दोस्रो हाफमा मेसीलाई मैदान प्रवेश गराएपनि उनले उल्लेख्य मुभ बनाउन सकेनन् ।
मोउराले खेलको ५ मिनेट समय बाँकी हुँदा गोल गर्दै टोटेनहमलाई दोस्रो चरणमा पुग्ने आशा जगाएका थिए । त्यसअघि बार्सिलोनाका दोस्रो रोजाईका गोलरक्षक जास्पर सिलेसनले लगातार उत्कृष्ट बचाउ गर्दै टोटेनहमलाई बराबरी गोल गर्नबाट रोकेका थिए । उनले मोउराको प्रहार बचाउनुका साथै सन र क्रिस्टियन एरिक्सनको प्रहारलाई पनि गोल हुनबाट रोकेका थिए । तर ८५ औं मिनेटमा केनको क्रसमा मोउराको फस्ट टच फिनिसले गोलको दिशा लियो ।
प्रतियोगिताको पहिलो खेलमा इन्टरसँग २-१ ले पराजित भएको टोटेनहम दोस्रो खेलमा बार्सिलोनासँग घरेलु मैदानमा ४-२ ले पराजित भएको थियो । तेस्रो खेलमा पीएसभीसँग २-२ को बराबरीमा रोकिएपनि चौथो खेलमा पीएसभीलाई हराएपछि केहि आशा जागेको थियो । इन्टरलाई घरेलु मैदानमा १-० ले हराउँदै टोटेनहम अर्को चरणमा पुग्ने समीकरण निस्केको थियो । इन्टरले पीएसभीसँग १-१ को बराबरी खेलेपछि युरोपा लिगमा झरेको छ ।
बार्सिलोनाले यस नतिजासंग च्यान्म्पियाँस लिगमा घरेलु मैदानमा अपराजित यात्रालाई २९ खेलसम लम्ब्याएको छ । पछिल्लो २९ खेलमा बार्सिलोनाले २६ जित र ३ बराबरी खेलेको छ । यो कीर्तिमान सन् २००२ अप्रिलमा बायर्नले कायम गरेको थियो । टोटेनहम भने च्याम्पियन्स लिगमा चार पटक खेल्दा तेस्रो पटक अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।
ह्यारी केनले च्याम्पियन्स लिगमा खेलेका १६ खेलमा १३ गोल र ३ असिस्ट प्रदान गरेका छन् । यता ओस्मान डेम्बेलेले पनि घरेलु मैदानमा खेलका पछिल्ला तीनै खेलमा गोल गरेका छन् ।
समूहबाट बार्सिलोना समूह विजेता र टोटेनहम समूह उपविजेताको रुपमा अर्को चरण प्रवेश गरे । बार्सिलोनाको ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक रहेको छ । टोटेनहम र इन्टर मिलनले ६ खेलमा समान २ जित, २ बराबरी र २ हारसँगै ८ अंक जोड्यो । हेड टु हेडमा टोटेनहम अवे गोलमा अगाडी रहँदै दोस्रो चरणको यात्रा तय गर्न सफल रहयो । पुछारमा ६ खेलमा २ अंक जोडेको पीएसभी रहेको छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]